गजल :पार्वती अधिकारी (पारु )
कपन अनलाइन
काठमाडौं ,साउन ९।
गजल जे हुन्छ राम्रै हुन्छ यै सोचलेडर भाग्न थालेको छ
सत्यको जितमा नै दैविक शक्ति जाग्न थालेको छ !
बेला – बेलामा थपिने यी पिडाहरु पनि अचेल
परीक्षापछि उतिर्ण नयाँ कक्षाझैँ लाग्न थालेको छ !
नहुनेले हात फिजाएर माग्छ , हात जोडेर माग्छ
हुनेले चन्दाको नाममा ,ढाटेर माग्न थालेको छ!
नेपालको कानुन दैव जानुन भन्नुहुन्थ्यो मेरा बाले
आजकल त यो कानुनले सिमानै नाघ्न थालेको छ!
तपाइँको प्रतिक्रिया ।