नेपालको उर्जा क्षेत्रमा लगानी ल्याउन बंगलादेश तयार
कपन अनलाइन
काठमाण्डौं, साउन ९।
सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन् ।
नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्स सँग बिहीबार सिंहदरबार स्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्रीपुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी मैत्रीवातावरण निर्माण गरिएकाले लगानी सुरक्षमा ढुक्क रहन आग्रह गरेका थिए ।राजदूत आफ्नो साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्कंदै छन ।
भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्रीपुनले उनले त्यसलाई दुई देश बीच ऊर्जा व्यापारका लागि कोशेढुंगाको संज्ञा दिएका थिए । नेपाल र बंगलादेशबीच २०७५ सालभदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्यस अघि मन्त्री पुन र बंगलादेशकाऊर्जामन्त्री नसरुल हमिदीबीचऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।