बागमती प्रदेसका प्रमुख सचिव तोयम रायाको बिदाई
कपन अनलाइन
हेटौंडा, साउन ९।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा भएका प्रमुख सचिव तोयम रायाको विदाई गरेका छन।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उनको बिदाई गरेका हुन्।
बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायाको कार्यकालको प्रसंशा गर्दै आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न मुख्यमन्त्री पौडेलले आग्रह गरेका थिए । करिब ११ महिना प्रमुख सचिब भएर काम गर्दा सचिब रायाको महत्वपूर्ण भूमिका रहेको उनको भनाई रहेको थियो ।
प्रमुख सचिव रायाले आगामी दिनमा पनि प्रदेश संग समन्वय गरिरहने प्रतिबद्धता ब्यक्त गर्दै प्रदेशको प्रमुख सचिब भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रिहरु प्रति आभार ब्यक्त गरेका थिए । यसै गरी उनले प्रदेशका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग रहेको भन्दै धन्यबाद दिएका थिए।
प्रमुख सचिब रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिबमा डा. मानबहादुर बिश्वकर्मा सरुवा भएर आउँदैछन ।