टोखा–१ टासीडाँडाका पहिरो पिडितलाई नगरपालिकाको आर्थिक सहयोग
कपन अनलाइन
काठमाडौं ,साउन ८।
टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई रु ५० हजार सहयोग गर्ने भएको छ।
नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।
नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समितिले तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्ने बताउदै प्रमुख अधिकारीले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेको जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।