विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा बौद्धनाथ परिसर सरसफाई
कपन अनलाइन
काठमाडौं, श्रावण ६। नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ ।वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गर्ने गर्दछन् ।
यसैक्रममा आज बिहान नेपाल तरुण दल काठमाडौं जिल्ला समितिको आयोजना तथा नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ र नेपाल तरुण दल काठमाडौं महानगरपालिका वडा नं ६ समिति सह आयोजक रहेर सम्पदा सरसफाई कार्यक्रम अन्तर्गत विश्व सम्पदा सुचिमा सुचिकृत बौद्धनाथ परिसर सरसफाई गरिएको ।छ विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको उपलक्ष्यमा उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
सो कार्यक्रममा नेपाली कांग्रेसकि केन्द्रीय सदस्य एबम पुर्व सहकारी मन्त्री शुश्री अम्बिका बस्नेत, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती, नेपाल काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा नं ८ का वडा अध्यक्ष एबम गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ ,नेपाल तरुण दलका कृष्ण जी खड्का , नेपाली काग्रेस काठमाडौं महानगरपालिका वडा नं ६ इकाई सभापति भुवन लामालगायत नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो। बर्षातको समेत परवाह नगरी सरसफाई गरिएको थियो ।
वीपीले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए ।कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।