काठमाडौं महानगरका कर्मचारी भन्छन : क्षमताको थप उपयोग गरेर कार्यसम्पादनमा बृद्दी गर्न सकिन्छ

काठमाडौं महानगरका कर्मचारी भन्छन : क्षमताको थप उपयोग गरेर कार्यसम्पादनमा बृद्दी गर्न सकिन्छ

 

कपन अनलाइन

काठमाडौं ,साउन ६।

काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले   प्रवाह हुने सेवाको गुणस्तर र सम्पादन गरिने कामको परिमाण बढाउन  आन्तरिक क्षमतालाई अझ उपयोग गर्न सकिने निष्कर्ष निकालेका छन  ।

साउन ५ गते राष्ट्रिय सभा गृहमा आयोजना गरिएको आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै  यस्तो निष्कर्ष निकालिएको हो ।

सो बैठकले महानगरले गर्ने खर्चबाट स्थानीयमा प्राप्त भएको लाभलाई प्रगति सूचकको मुख्य बुँदाका रुपमा राख्ने, आन्तरिक तथा वाह्य समन्वय र सूचना प्रणालीमा सुधार गरेर काठमाडौंलाई स्थानीय तहको नेतृत्वदायी संरचना बनाउने कुरामा जोड दिएको थियो  ।

स्मार्ट शासन/प्रशासन, स्मार्ट सेवा प्रवाह र व्यवस्थापन, सेवामा पारदर्शिता र जवाफदेहिता, एकीकृत र समन्वयात्मक बिकास, बित्तिय आचरण अन्य स्थानीइ तहको सिकाइ प्रवर्धन गर्ने कार्यक्रमहरु बनाउनु पर्नेमा सो  बैठकको जोड रहेको थियो।

सो  समीक्षा बैठकमामा बिभाग, आयोग, महाशाखा, आयोजना, इकाई र सचिवालयको प्रतिनिधित्व गर्दै २७ जना अधिकारीले प्रस्तुति गरेका थिए ।

सबै बिभागको प्रगति सम्बन्धि तथ्य संकलन गरेर प्रतिवेदन तयार गर्न निर्देशक दिपक अधिकारी र उपनिर्देशक प्रल्हाद घिमिरेलाई जिम्मेवारी दिइएको बैठकमा निम्न अधिकारीहरुले प्रस्तुतीकरण दिएका थिए।

समीक्षामा प्रस्तुतिकरण गर्ने अधिकारीहरु:

  • सनतकुमार थापा — सामाजिक बिकास बिभाग
  • नमराज ढकाल — प्रशासन बिभाग
  • अर्चना शाक्य श्रेष्ठ — सम्पदा तथा पर्यटन बिभाग
  • राम थापा — सहरी पूर्वाधार बिकास बिभाग
  • बुद्धरत्न मानन्धर — बित्त बिभाग
  • हरिबहादुर कुँवर — सहरी शुशासन बिभाग
  • हरिकुमार श्रेष्ठ — वातावरण व्यवस्थापन बिभाग
  • युवराज खनाल — सूचना प्रबिधि बिभाग
  • सुरज शाक्य — भवन इजाजत बिभाग
  • डा. उत्तरकुमार रेग्मी — बिपद व्यवस्थापन बिभाग
  • सुमन अधिकारी — सहकारी बिभाग
  • तारापति खरेल — शिक्षा बिभाग
  • हरिबहादुर भण्डारी — कृषि बिभाग
  • बसन्त आचार्य — कानून महाशाखा
  • महेश काफ्ले — अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र मेयरको सचिवालय
  • धु्रव काफ्ले — सार्वजनिक निजी साझेदारी इकाइ
  • गोपालप्रसाद पोखरेल — आन्तरिक लेखा परीक्षण शाखा
  • दीपक अधिकारी — महालेखाबाट प्राप्त प्रतिवेदन
  • धनपति सापकोटा — नगर प्रहरी महाशाखा
  • नारायण बाबु भट्टराई — मनोहरा जग्गा बिकास आयोजना
  • रामबाबु महतो — चमती नयाँबजार जग्गा बिकास आयोजना
  • भैरव बोगटी — संघ÷प्रदेश संसद बिकास कोष
  • बलराम त्रिपाठी — खरिद इकाइ
  • रोशन शाक्य — हनुमान ढोका दरवार संरक्षण कार्यक्रम
  • डा. अवधेश झा — पशु महाशाखा
  • सुशिल सुवेदी — सहरी योजना आयोग
  • नली बज्राचार्य — जनस्वास्थ्य महाशाखा

फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।