निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न नाममा शुल्क लिए : सुप्रभात भण्डारी

निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न नाममा शुल्क लिए : सुप्रभात भण्डारी

कपन अनलाइन

काठमाडौं ,साउन ४।

सरोकारवाला तथा विज्ञहरुले निजी विद्यालयहरूले साउन १ गतेबाट बन्द गरेको अनलाइन कक्षासहित सबै वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन–प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरेर बन्द गरेको अनलाईन कक्षाहरु यथाशक्य चाँडो सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।
रिपोर्टस क्लवमा भएको  साक्षात्कारमा बोल्दैकार्यक्रममा नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले अहिलेको समस्या समाधानको लागि सबै सरोकारवाला पक्षले गम्भीर पहल गरिनुपर्नेमा जोड दिएका छन  । उनले निजी विद्यालयहरुले शुल्क भनेर ताकेता नगरेपनि विभिन्न नाममा फि नै लिएको दाबी गरे ।
उनले भने,‘विद्यालय सञ्चालकहरुले अभिभावको क्याटेगोरी छुट्याउनुपर्छ । अहिलेको मौका छोपेर एकमुष्ट पैसा उठाउने काम कसैले पनि नगरौं । विद्यार्थीहरुको पढ्न पाउनुपर्ने अधिकार हनन नहोस् ।’ कतिपय विद्यालयहरुले अभिभावकलाई अनावश्यक दबाब दिएको प्रमाणहरु पनि आफूहरुसँग सुरक्षित भएको बताउँदै त्यस्तो दबाब नदिन भण्डारीले चेतावनी दिए ।
उनले शुल्क नतिरेको नाममा विद्यालयहरुले एक जना विद्यार्थीपनि निकाल्न नपाउने बताए । अभिभावकहरुले चैत्रसम्मको शुल्क तिरेको तर कतिपय विद्यालयहरुले त्यो भन्दा अघिको नै तलब तथा भक्ता आफ्नो शिक्षकहरुलाई नदिएको पनि उनले सुनाए ।
उनले यस्तो विषम परिस्थितिमा शिक्षा मन्त्रालयले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उसको जिम्मेवारीवोधलाई लिएर प्रश्न गरे । उनले भने,‘हामी सबैले आफ्नो ठाउँबाट राम्रो भूमिका खेलौं । तिर्न सक्ने अभिभावकले शुल्क तिरौं । नसक्नेको हकमा विद्यालयहरुले पनि सही भूमिका खेल्नुपर्यो ।’ उनले आफूहरु (अभिभावक) विद्यालयको सञ्चालन खर्च भने तिर्न तयार रहेको सुनाए । उनले भने,‘तर, रिकष्टिङ गर्नुपर्छ । हामी फि तिर्न तयार छौं । ट्युसन फि चाहीँ हामीले तिर्नुपर्छ ।’

तपाइँको प्रतिक्रिया ।