पछि हट्यो नेपाल मेडिकल कलेज आत्तरखेल : ७१ कर्मचारी काममा फर्किए

पछि हट्यो नेपाल मेडिकल कलेज आत्तरखेल : ७१ कर्मचारी काममा फर्किए

कपन अनलाइन

काठमाडौं ,साउन ३।

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले काम बाट निकालेका कर्मचारीलाई फर्काउने  भएको छ ।

करारमा कार्यरत कर्मचारीहरुलाई रोजगारीबाट निकालेको भन्दै अस्पताल प्रशासनमा तालाबन्दी लगायतका आन्दोलन भएपछि  असार अन्तिम देखि  करार अवधि थप नगरी सेवाबाट हटाएका ७१ जना कर्मचारीलाई फर्काउन सहमत भएको हो।

कर्मचारीलाई सेवा बाट हटाइएको  विरोधमा स्वतन्त्र कर्मचारी ट्रेड युनियनले एक वक्तव्य जारी गर्दै  साउन १ देखि अस्पताल प्रशासनमा तालाबन्दी  गरेको थियो ।

कामबाट निकालिएका  सबैलाई काममा फर्काउन सहमत भएको स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष किरण केसीले जानकारी दिदै  अस्पताल प्रशासनबाट लिखित प्रतिबद्धता आए सँगै ताला पनि खोलिएको बताए ।

त्यस्तै मेडिकल कलेजका निर्देशक डा. राजेशकिशोर श्रेष्ठले कोभिडका महामारीका समयमा संस्था, कर्मचारी र बिरामीको हितमा हुनेगरी काम गर्दा गर्दै  समस्या ठूलो नभएपनि निर्वाचन आउन लागेकोले कतिपयले राजनीति गरेको आरोप लगाएका थिए ।

फोटो सौजन्य :गोकर्णेश्वर खबर

तपाइँको प्रतिक्रिया ।