सिन्धुपाल्चोकमा पूर्वाधार विकास साझेदारी कार्यक्रममा बचेको रकम बाट नर्सरी स्थापना

सिन्धुपाल्चोकमा पूर्वाधार विकास साझेदारी कार्यक्रममा बचेको रकम बाट नर्सरी स्थापना

कपन अनलाइन 

सिन्धुपाल्चोक ,साउन १ ।

बागमती प्रदेसका प्रदेस सभा सदस्य सरेस नेपालको पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका योजनाहरु बाट बचेको रकमले नर्सरी स्थापना गरिएको छ ।

उक्त प्रदेस सभा निर्वाचन क्षेत्रमा  क्षेत्रमा  ५० लाख देखि माथिका आयाेजना टेन्डर भइ बचेको रकम बाट बलेफि गाउँपालिका वडा नम्बर ६ अंधेरिमा  सो  नर्सरी स्थापना गरिएको हो।

बागमती प्रदेसका मन्त्रि अरुण नेपाल र  सांसद सरेश नेपालले  एभाेकाडा काे बिरुवा राेपि उद्घाटन गरेको सो कार्यक्रममा  मेलम्ची नगरका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल बलेफि गाउँपालिका अध्यक्ष केदार क्षेत्री, जिल्ला बन कार्यलय सिन्धुपाल्चोकका जिल्ला बन अधिकृत   लाेक राज नेपाल र वडा अध्यक्षहरुकाे उपस्थितिमा रहेको थियो।

सो नर्सरी बाट विभिन्न जातका फलफुलका बिरुवा बिक्री वितरण  तथा  सेवा क्षेत्र बिस्तार गरिने नर्सरी निर्माण तथा ब्यबस्थापनका अध्यक्ष नारायण काजि श्रेष्ठले जानकारी दिएका छन ।

 

तपाइँको प्रतिक्रिया ।