कपन जोरधारा खानेपानीमा स्थानीयको विरोध, बोरिङ नगरी फर्कियो मेसिन

कपन जोरधारा खानेपानीमा स्थानीयको विरोध, बोरिङ नगरी फर्कियो मेसिन

कपन अनलाइन 

काठमाडौं ,असार २८।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ,११ र १२ का विभिन्न क्षेत्रमा एक हजार भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा उपलव्ध गराउदै आएको कपन जोर धारा खानेपानी संरक्षण संस्थाले खन्न लागेको बोरिङमा स्थानीयले विरोध गरेका छन। सो स्थानमा खन्न लागिएको बोरिङमा केहि स्थानीयहरुले विरोध   गरे पछी बोरिङ खन्न आएको मेसिन फर्किएको छ।

बजेट व्यवस्थापन भएर टेन्डर आव्हान पश्चात आएको मेसिन केहि स्थानीयहरुले विरोध गरे पछि फर्किएको संस्थाका अध्यक्ष ठाकुर प्रसाद खकुरेलले बताएका छन। सो स्थानामा समस्या आए संगै तिन वटै वडाका अध्यक्षहरु ,राजनीतिक दलका प्रतिनिधि तथा संस्थाका पुर्व पदाधिकारी सहितको बैठक बसेपनि कुनै निस्कर्ष नआएको जानकारी दिदै अध्यक्ष खकुरेलले केहि व्यक्तिहरुको सानो झुण्डको विरोधका कारण खानेपानी जस्तो मुद्दा विवादमा परेकोमा दुख व्यक्त गरेका छन।

क्पान क्षेत्रमा देखिएको खानेपानीको समस्या समधानका लागि स्थानीय ,नगरपालिका ,प्रदेस सरकार र संघीय सरकारको सहयोगमा विभिन्न संरचना निर्माण गरिएको सो क्षेत्रका विभिन्न स्थानमा बोरिङ गरिएको छ।

सो स्थानमा संस्थाले खन्न लागेको बोरिङ नरोकिए आफ्नो घर तथा अन्य संरचनमा क्षेती पुग्ने भन्दै विरोध भए संगै सो बोरिङ खन्ने काम अवरुद्ध बनेको तर यसलाई तत्काल समाधान गरेर जसरि पनि खानेपानी सुविधा प्रदान गरिने संस्थाका अध्यक्ष खकुरेलले बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।