भारतीय संचार माध्यमले प्रसारण गरेका विषय प्रति खेद प्रकट गर्दछौ :मुख्यमन्त्री डोरमणि पौडेल

भारतीय संचार माध्यमले  प्रसारण गरेका विषय प्रति खेद प्रकट गर्दछौ :मुख्यमन्त्री डोरमणि पौडेल

कपन अनलाइन

काठमाडौं ,असार २६।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय संचार माध्यमले प्रधानमन्त्री केपी ओलीका वारेमा प्रसारण गरेको विषय प्रति खेद प्रकट गरेका छन।

मुख्यमन्त्री पौडेलले  पुर्वीय दर्शनको उद्गम थलो भारतका आम नागरिक तथा वौधिक वर्गहरुलाई यस घटनाले सायद लज्जित र हिनतावोध गराएको भन्दै भारतीय पत्रकारिता भित्रको वौद्धिक खडेरीलाई उदाङ्गो पारेको बताएका छन।

मुख्यमन्त्री पौडेल भन्छन :

सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के पि शर्मा ओली प्रति भारतीय मिडियाले गरेको निकै निम्न स्तरीय टिप्पणी प्रति खेद प्रकट गर्दछु । एकाशौं शताब्दीको मानव चेतना विपरित छिमेकीभारतीय पत्रकारिता भित्रको वौद्धिक खडेरीलाई उदाङ्गो देशकी एक कर्मशील महिला कर्मचारी तथा अर्को छिमेकी देशका सम्माननीय प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन व्यक्तित्वको गरिमाको सामान्य ख्याल समेत नराखी, वौद्धिकता शुन्य भएर, अत्यन्तै तल्लो स्तरमा आर्लेर गरिएको टिप्पणीले  पारेको छ ।

महिला तथा जेष्ठ नागरिकहरुलाई उच्च सम्मान गर्ने पूर्वीय दर्शनको उद्गम थलो भारतका आम नागरिक तथा वौधिक वर्गहरुलाई यस घटनाले सायद लज्जित र हिनतावोध गराएको हुनुपर्छ ।
यस्ता नेपाल विरोधी हर्कत प्रम विरुधको लड़ाई मात्र नभई सिङ्गो नेपालको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डता माथिको नाङ्गो आक्रमण हो । यो किमार्थ स्वीकार्यछैन ।

तपाइँको प्रतिक्रिया ।