बुढानीलकण्ठ नगरपालिका वडा नं १ बाट चोरीको आरोपमा एक युवा पक्राउ

बुढानीलकण्ठ नगरपालिका वडा नं १ बाट चोरीको आरोपमा एक युवा पक्राउ

कपन अनलाइन

काठमाडौं ,असार २६।

बुढानीलकण्ठ नगरपालिका वडा नं १ गणेश इन्टरप्राइजेज  सँगैको कोठा बाट चोरी गर्ने एक युवा पक्राउ परेका छन्।

उक्त पसलबाट २०७७ आषाढ २१ गते करिव २ बजेको समयमा करिव ६ लाख नगद चोरी भएको थियो। स्थायी वासिन्दा नुवाकोटको विदुर नगरपालिका वडा नं.६ को बताउने १४ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय गजुरी धादिङले नियन्त्रणमा लिएको छ।

बूढानिलकण्ठस्थित भाँडामा गणेश इन्टरप्राइजेज पसल सञ्चालन गर्दै आउनुभएको इन्दिरा दाहालको भडामको कोठाबाट ५ लाख ३० हजार नगद चोरी गरेर ल्याउने क्रममा धादिङको पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका वडा. ७ स्थित गल्छी चोकबाट अभियुक्त किशोरलाई प्रहरीले नियन्त्रणमा लिइएको हो।

चोरी गरेको उक्त रकममध्ये २ लाख १० हजार रुपैयाँमा यमाहा मोटरसाइकलको शोरुम महाराजगञ्जबाट स्कुटर खरिद गरेको र बाँकी ३ लाख १० हजार साथमा बरामद गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी प्रदान गर्नुभएको छ।

 

तपाइँको प्रतिक्रिया ।