कागेश्वरी मनहरा १ गागलफेदी बाट ७३ जनाको थ्रोट स्वाव संकलन

कागेश्वरी मनहरा  १ गागलफेदी बाट ७३ जनाको थ्रोट स्वाव संकलन

कपन अनलाइन

काठमाडौँ, असार २६ ।कागेश्वरी मनहरा नगरपालिका वडा नं १ गागलफेदी कार्की गाउँमा  आरटी पिसिआर विधीद्वारा कोरोना भाइरस जाँचको लागि हिजो ७३ जनाको थ्रोट स्वाव संकलन गरिएको छ।

कागेश्वरी मनहरा नगरपालिका  र शंखरापुरको संगम स्थल कार्की  चोकमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्ण हरि थापाको  उपस्थितिमा थ्रोट स्वाव संकलन गरिएको हो। शंखरापुर नगरपालिकाका नगर प्रवक्ता एबम वडा अध्यक्ष हितमान  तामाङ र कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेलको संयोजकत्वमा ७३ जनाको  थ्रोट स्वाव संकलन गरिएको कागेश्वरी मनोहरा स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघि शंखरापुर नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल कागेश्वरी मनहरा १  गागल फेदी बस्दै आएका ५ बर्षे बालकमा कोरोना पोजेटिभ  पाेजिटिभ पाइएपछि  उनको सम्पर्कमा आएका ब्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाव संकलन  गरिएको हो ।

नगरभित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले पटक पटक कोरोना परीक्षण गराउँदै आएको  जानकारी गराउदै संक्रमित क्षेत्र वा बाहिरी मुलुकबाट नगरभित्र आउने जोकोही व्यक्तिलाई समयमै कोरोना परीक्षण गराउन नगरपालिकाले आग्रह गरेको  नगर प्रमुख कृष्णहरि थापाले जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।