बुढानिलकण्ठ नगरपालिकाको छैठौ नगरसभा सम्पन्न

बुढानिलकण्ठ नगरपालिकाको छैठौ नगरसभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असार २६ ।
बुढानिलकण्ठ नगरपालिकाको छैटौ  नगरसभा सम्पन्न भएको छ ।

असार १० गते सुरु भएको नगरसभा आषाढ २४ गते सम्पन्न भएको हो । नगरसभाले आर्थीक वर्ष ०७७।०७८ को आयव्यय विवरण, आर्थिक ऐन, विनियोजन ऐन समेत पारित गरेको छ ।नगरसभाले यस आ.व.माजम्मा १ अरब ६७ करोड७८ लाख रुपैयाको बजेट विनियोजन गरिएको हो । नगर सभाले आ.व. ०७७।०७८ लाई लक्षित गरि ८४ वटा महत्वपुर्ण निर्णय समेत गरेको छ ।

यस बजेटमा पुजिगत तर्फको सबैभन्दा ठुलो विकास बजेटको रुपमा कपन ह्याण्डबल चौर को पुर्वाधार विकासका निम्ती रु. ८ करोड विनियोजन गरिएको छ भने यस आ.व.को चालु खर्च तर्फ अनुमानित  २८ करोड  गरिएको छ ।

नगरपालीकाले कपन क्षेत्रको डुवानको दिर्घकालीन समस्या समाधानका लागी अध्ययन तथा अनुसन्धानका  लागी समेत बजेट विनियोजन गरेको  छ । विनियोजन ऐन अन्तर्गत वडा गत योजनाको लागी प्रत्येक वडालाई २ करोड १५ लाखका दरले करिब २८ करोड विनियोजन गरेको  छ ।

यस आवमा नगरपालिकाले विभिन्न वडामा ३ वटा सार्वजनीक शौचालय बनाउन ३ करोड बजेट विनियोजन गरेको  छ भने प्रत्येक वडामा २ वटा पार्क निमार्णका लागी डिपिआर बनाउने समेत निर्णय गरिएको छ ।

यस वर्ष नगरपालिकाले विशेष गरी नगरपालीकाभित्रका ठुला सडकहरुमा २० करोड, सार्वनजीक जग्गा संरक्षण तथा पार्क निर्माणमा ३ करोड, खानेपानी संरचना निर्माणमा ३ करोड, कोशेली घर निर्माणमा ३ करोड, जिआइएस हाउस म्यापीङ्ग र घर नम्बरका लागी ४ करोड, सडक बत्ती योजनामा ४ करोड, नगर अस्पताल भवन निर्माणमा ३ करोड, स्वास्थ्यचौकी पुर्वाधार निर्माणमा २ करोड विनियोजान गरिएको छ ।

त्यसैगरी शिक्षातर्फ करिब ५.२५ करोड, महिला, बालबालीका, जेष्ठ नागरिक, युवा, जनजाती, विपन्न, अपाङ्ग क्षेत्रको विकास र शसक्तिकरणका लागी करिब २ करोड ६० लाख, पर्यटन पुर्वाधार विकासको लागी ३ करोड, उद्यमशिलता विकासका लागी ३ करोड, विपद व्यवस्थापन अन्तर्गत कोभिड प्रकोप व्यवस्थापन कोषमा २ करोड सहित  ५ करोड, शुसासन तथा संगठन संरचनाका लागी २ करोड ५० लाख विनियोजन गरिएको नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिएका छन।

आर्थिक  ऐन अन्तर्गत कोभिड १९ ले नगरवासी तथा व्यवसायीलाई परेको समस्यालाई ध्यानमा राखीआ.व. ०७७।०७८ को पहिलो चौमासीक सम्म सोही आर्थीक वर्षको सम्पत्ती करमा १५ प्रतिशत छुट दिने निर्णय नगर सभाले गरेको छ भने   व्यवसाय कर तथा बहाल करमा समेत छुटको व्यवस्था गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।