बालुवाटारमा ब्रेकफास्ट खुमलटारमा लन्च र कोटेश्वरमा डिनर गर्ने पात्र र प्रवृति पार्टी एकताका लागि खतरा :यज्ञराज सुनुवार

बालुवाटारमा ब्रेकफास्ट खुमलटारमा लन्च र कोटेश्वरमा डिनर गर्ने पात्र र प्रवृति पार्टी एकताका लागि खतरा :यज्ञराज सुनुवार

कपन अनलाइन 

काठमाडौं ,असार २४।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले बालुवाटारमा ब्रेकफास्ट खुमलटारमा लन्च र कोटेश्वरमा डिनर गर्ने पात्र र प्रवृति पार्टी एकताका लागि खतरा रहेको बताएका छन।

ओखलढुंगा जिल्लाका लोकप्रिय बामपन्थी नेता स्वर्गीय छवीलाल कार्कीको १० औ स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै सांसद सुनुवारले समर्थन र विरोधमा ब्यानर र कार्ड लिएर सडकमा उफ्रिनु भन्दा कार्यकर्ताहरुले   नेतृत्वलाई एकीकृत दवाव सृजना गर्नुपर्ने बताएका छन।

पार्टीका ९ जना नै सचिवालय सदस्यहरुको नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान रहेको बताउदै सांसद सुनुवारले वर्तमान विषम परिस्थितिमा सबैले  जनताको मत र कार्यकर्ताको मनको आवाज सुन्नुपर्ने धारणा राखेका थिए।

नेकपामा हाल देखिएको समस्याले धेरैको मन पोलेको भन्दै यसको निराकरणका लागि शिर्ष नेतृत्वले सजग र सचेत बन्दै नेपाली जनताको समृद्धिको सपना पुरा गर्नतर्फ लाग्नुपर्ने बताएका छन।

पार्टीको समस्या समाधान गर्न स्थायी कमिटी सक्षम नभएको भए त्यसलाई केन्द्रीय कमिटकमा ल्याएर भए पनि छलफल गरि एकतावद्ध पार्टी निर्माणका लागि प्रयास गर्नुपर्ने बताउदै सांसद सुनुवारले कार्यकर्ताहरुले पनि आफ्नी निहित स्वार्थ हेरेर नेताहरुलाई दिग्भ्रमित बनाउने कुल्सित गतिविधि रोक्नुपर्ने तर्फ गम्भीर बनेर सोच्न आग्रह गरेका थिए।

 

तपाइँको प्रतिक्रिया ।