स्थानियको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानि लैजानु पर्छ : सांसद शेर बहादुर तामाङ

स्थानियको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानि लैजानु पर्छ  : सांसद शेर बहादुर तामाङ

कपन अनलाइन

सिन्धुपाल्चोक ,असार २३ /दिपक विक्रम देउजा 

स्थानियको जायज माग पुरा गरेर मात्र मेलम्चीको पानि काठमाडौं लैजानपर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद शेर बहादुर तामाङले बताएका छन  ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद एवम् पुर्ब मन्त्री शेर बहादुर तामाङले आफु लगायत प्रभाबित क्षेत्रका जनप्रतिनिधि कसैलाइ पनि यस बिषयमा थाहा नदिनु दुखद् भएको बताएका हुन्  ।

सिन्धुपाल्चोकमा यति ठुलो कार्यहुँदा यसै क्षेत्रका जनप्रतिनिधि, कुनै पनि खानेपानि सँग सम्बन्धित पधादिकारीलाइ सहभागि नगराइ मन्त्रालयले जुन ढंगले पानि परिक्षण गर्र्यो त्यो दुखद् भएको भन्दै सिन्धुबासि पनि सहभागि भएर गर्ब महशुस गर्नेबेलामा एकलौटि ढंगबाट काम अगाडि बढाइनुले राम्रो संकेत नदिएको उनको भनाइ रहेको  छ ।

सांसद तामाङले रोयल्टि निर्धारण गरेर विकास निमार्णको काममा सहयोग गर्न पर्ने र मेलम्चीको पानि काठमाडौं लगेर काठमाडौं बासिको काकाकुल स्थितिलाइ केहि हलगर्नका लागि यति ठुलो आयोजना सम्पन्न हुनै लाग्दा मेलम्ची प्रभाबित क्षेत्रका बस्तिहरुमा पनि सफा पिउने पानि उपलब्ध गराउनु राज्यको दायित्व रहेको  स्मरण गराउदै तामाङले अब जिल्लाबासिहरु फाइल बोकेर बिभिन्न कार्यालयहरु धाउन भन्दापनि सम्बन्धित निकाय आफैँ जनताको आवश्यकता बुझन लाग्नपर्ने बताएका छन।

तामाङले आगामि २६ गते प्रभाबित क्षेत्रका सबै पक्षहरुसँग बसेर छलफल गर्ने र त्यहि निर्णय अनुसार अगाडि बढ्ने  जानकारी दिदै  पानि परिक्षण गर्दा सिन्धुबासिलाइ छल्न खाजेको भन्दै उनले सिन्धुबासिलाइ यस क्षेत्रको विकास निमार्ण लगायत रोयल्टि निर्धारण गरेर मात्र पानि जाने हुनाले सजग र सचेत हुँदै ढुक्क हुन आग्रह गरेका छन ।

सांसद तामाङले खानेपानि मन्त्रीले सामाजिक , राजनितिक र विभिन्न अवरोधका कारणपनि पानि परिक्षण गरियो भनेको भनाइप्रति असन्तुष्टि जनाउदै उहाँले विभिन्न समस्याहरु देखाएर समस्या समाधान गर भन्न पनि नमिल्ने होर ?भन्दै प्रश्न गरेका छन।

सि एम् सिले दिनुपर्ने ज्याला नदिएको अति समान्य ब्यापारीहरुले सप्लाइ गरेको सामानको मुल्यको माग गर्दा त्यसलाइ समाधान गर्दै पानि काठमाडौं लाने बाटो खोज्नुको साटो अबरोध भनेर टार्नखोज्नु दुखद् रहेको  उनको भनाइ रहेको छ ।

सरकारले स्थानियको माग सम्बोधन गरेर स्थानिय जनतालाइ खुशि पार्ने हो भने मेलम्चीको मात्र नभइ यांग्री  लार्केको पानि समेत पठाउन आफुहरु तयार रहेको उनको धारणा रहेको छ ।

तपाइँको प्रतिक्रिया ।