गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना संक्रमण

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार २३।

काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण पुष्टि गरे संगै  हृदय रोग केन्द्रले आकस्मिक बाहेकका सबै सेवाहरु हालका लागि स्थगित गरेको छ ।अस्पतालले सूचना जारी गर्दै संक्रमणबाट सतर्कता अपनाउन आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।