बुढानीलकण्ठ -१० ज्योतिनगरका एक पुरुषमा कोरोना संक्रमण देखियो

बुढानीलकण्ठ -१० ज्योतिनगरका एक पुरुषमा कोरोना संक्रमण देखियो

कपन अनलाइन

काठमाडौं ,असार २३।

बुढानीलकण्ठ नगरपालिका वडा नं.१० ज्योति नगरका एक ६५ बर्षिय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ।

गत १८ गते राती ज्वरो आएपछि  १९ गते स्वास्थ जाँचको लागि उनी हाम्स अस्पतालमा  आरटी पिसिआर विधीद्वारा कोरोना जाँचको लागि थ्रोट स्वाव दिएर आएकोमा  उक्त पिसिआरको रिपोर्ट  आउँदा उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो।

उक्त कुरा पुष्टि भएसंगै बूढानीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालको नेतृत्वमा कन्ट्याक्ट् ट्रेसिङ टिम ती ६५ बर्षिय संक्रमीत पुरुषलाई भेट्न पुगेको थियो। उक्त टिमले त्यहाँ कन्ट्याक्ट् ट्रेसिङ गरेकोछ। उनको नजीक सम्पर्कमा रहेका ८ जनाको र गत हप्ता बूढानीलकण्ठ-१२ को कोरोना संक्रमित ८० बर्षिया महिलाको नजीक सम्पर्कमा रहेका परिवारका सदस्यहरुको भोलि ११:०० बजे बूढानीलकण्ठ-१० को वडा कार्यालयमा आरटी पिसिआर विधिद्वारा कोरोना जाँचको लागि थ्रोट स्वाव संकलन गरिने  जनस्वास्थ्य प्रमुख कुमार दाहालले जानकारी दिएका छन्।

आजै ती संक्रमीत पुरुषलाई एम्बुलेन्सद्वारा भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल शिक्षण अस्पताल शिक्षण विभागको आईसोलेशनमा पठाईएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिएकी छन ।फोटो सौजन्य :एच टि भी खबर

तपाइँको प्रतिक्रिया ।