स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्र काभ्रेलाइ आधुनिक व्हिल चियर वितरण

स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्र काभ्रेलाइ आधुनिक व्हिल चियर वितरण

कपन अनलाइन

काभ्रे ,असार २३। काभ्रेको साँगा मा अबस्थित स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रलाई आधुनिक व्हिल चियर वितरण गरिएको छ ।नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसेको संयोजकत्वमा असार २२ गते एक कार्यक्रम बीच २० थान आधुनिक व्हिल चियर वितरण गरिएको हो । यो बर्ष  बिभिन्न स्थानमा  अपांगता भएका १००जना भन्दा  भन्दा बढीलाइ  व्हिल चियर  दिने लक्ष्य अनुरुप यो दोस्रो पटक वितरण गरिएको हो ।

यो भन्दा पहिला ३० थान व्हिल चेयर वितरण गरिएको संयोजक चालिसेले जानकारी गराए । राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालको सहयोगमा स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रसगं समन्वय गरि विभिन्न कारणले स्पाइनल इन्जुर्ड भई दैनिक रुपमा ह्विलचियर आवश्यक पर्ने व्यक्तिहरुको लागी व्हिल चियर वितरण गरिएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथिका रुपमा  बनेपा नगरपालिका वडा नम्बर ९का  वडाअध्यक्ष सुर्य नारायण नापित रहेका थिए भने बिशेष अतिथि मा राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालको उपाध्यक्ष सुगम भट्टराइ, पुनर्स्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु खड्का रहेका थिए । पुनर्स्थापना केन्द्रका प्रसासकिय अधिकृत हरि अधिकारीले संचालन गरेको कार्यक्रममा पुनर्स्थापना केन्द्रकै मेडिकल डाइरेक्टर डा. राजु खड्का ले स्वागत मन्त्यब्य  राखेका थिए।

। कार्यक्रम संयोजक समेत रहेका नेपाल तरुण दल महाधिवेशन प्रतिनिधि श्रीराम चालिसले शारीरिक रुपमा अपांगता भएका ब्यक्तिहरुलाई व्हिल चियर वितरण गर्ने योजना अनुसार स्पाइनल इन्जरी पुनर्स्थापना केन्द्रलाइ आधुनिक व्हिल चियर वितरण गरिएको बताए। अपांगता भएका व्यक्तिले आवश्यक आकारको ह्वीलचियर नपाउने, मर्मत गर्न गाह्रोजस्ता समस्या भोगिरहेका छन् । यसबाहेक ह्वीलचियर लैजाने बाटो नहुँदा समस्या भोगिरहेका छन् । यस्तै समस्यालाइ केहि हद सम्म भए पनि समाधान गर्नको लागि  नाप जांच पश्चात आधुनिक व्हिल चियर वितरण गरिएको बताए ।

 उनले समाजमा अपांगता भएका ब्यक्तिहरुलाइ हेर्ने दृष्टिकोणमा समेत परिवर्तन गर्न बिभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको बताए ।उनले थप्दै भने अपांगता भएकाहरुलाई सहानुभूति होइन अवसर प्रदान गर्नु पर्ने आजको आवश्यकता रहेको बताए ।

राष्ट्रिय अपाङ्ग पुनस्र्थापना समाज नेपालको उपाध्यक्ष सुगम भट्टराइले सबैलाई धन्यवाद दिदै   राज्यले अपांगता भएका ब्यक्तिको फरक क्षमतालाई अझै पहिचान गर्न नसकेको बताए । उनले अपांगता भएका व्यत्तिहरुको आत्म सम्मानमा विशेष ध्यान दिनु पर्ने बताए । प्रमुख अतिथिका रुपमा बोल्दै   बनेपा नगरपालिका वडा नम्बर ९का  वडाअध्यक्ष सुर्य नारायण नापितले वडा तथा नगरले अपांगता भएका ब्यक्तिहरुको लागि बिभिन्न  कार्यक्रम गर्दै  आएको बताए। उनले सहयोग प्रति आभार ब्यक्त गरेका थिए। ।

तपाइँको प्रतिक्रिया ।