बहिनि नाता पर्ने बालिका बलात्कारको आरोपमा चम्पादेवीका एक युवक पक्राउ

बहिनि नाता पर्ने बालिका बलात्कारको आरोपमा चम्पादेवीका एक युवक पक्राउ
कपन अनलाइन
ओखलढुङगा,असार २३।
चम्पादेवी गाउँपालिकामा नाताले  बहिनी पर्ने बालिका  माथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवक पक्राउ परेका हुन् ।
नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय, ओखलढुङगाले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ । पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो ।
पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ । यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।