हेटौंडा उपमहानगरपालिका राप्ती किनारमा “अटो भिलेज” निर्माण हुने
कपन अनलाइन
हेटौडा ,असार २२।
हेटौंडा उपमहानगरपालिकाको राप्ती किनारमा “अटो भिलेज” निर्माणका लागि प्राविधिक अध्ययन शुरु गरिएको छ। बागमती प्रदेस सरकार र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिने सो “अटो भिलेज” लागि प्रदेस सरकारले बजेट व्यवस्थापन गरेर डीपीआर बनाउनका लागि प्राविधिक अध्ययन शुरु गरिएको छ।
असार १९ गते बागमती प्रदेस सरकारको बजेट पारित भए संगै हेटौडा महानगरपालिका,अटो मेकानिक्स संघ, अटो मोबाइल पार्टस एसोसिएसनका प्रतिनिधि विच भएको बैठकले सो भिलेज निर्माणको लागि पहल शुरु गरेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले बताएका छन।
प्रदेशका सबै जिल्लाका मुख्य शहरमा अटो भिलेज निर्माण गरि शहरी सौन्दर्य तथा वातावरण स्वच्छताका लागि प्रदेस सरकारले शुरु गरेको हरित प्रदेस अभियानलाई सफल बनाउन हेटौडा राप्ती किनार बाट काम शुरु गरिएको बताउदै मन्त्री फुयालले सरोकारवाला पक्ष सहित स्थलगत निरीक्षण पश्चात प्राविधिक काम शुरु गरिएको जानकारी दिएका छन।
सो अटो भिलेजमा शहरका विभिन्न स्थानमा छरिएर रहेका ग्यारेज,अटो पार्ट्स पसल, अन्य सेवाहरु तथा बस पार्क लगायतका संरचना विकास गरिने प्रदेस सरकारको योजना रहेको मन्त्री फुयालले जानकारी बताएका छन।