गोकर्णेश्वर नगरपालिका भित्र रहेका क्वारेन्टाइनको बिवरण सार्वजनिक

गोकर्णेश्वर नगरपालिका भित्र रहेका क्वारेन्टाइनको बिवरण सार्वजनिक

कपन अनलाइन  

काठमाडौं,असार २२।कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएका खाडी मुलुक,भारत लगायतका देशबाट आएकाहरुलाई लाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राख्न थालिएको छ । गोकर्णेश्वर नगरपालिका भित्र पनि  बिदेशबाट आएका र भारतबाट आएकालाई होम क्वारेन्टाइनका साथै स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा राख्न थालिएको छ।

त्यसै क्रममा गोकर्णेश्वर नगरपालिकाले  नगरपालिका भित्र संचालनमा  रहेका क्वारेन्टाइनको बिवरण सार्वजनिक गरेको  छ। नगर प्रवक्ता मनोज कुमार ढुंगाना द्वारा हस्ताक्षरित उक्त  बिवरणमा  गोकर्णेश्वर नगरपालिकामा २०७७ असार ६ गते देखि तीन वटा क्वारेन्टाइन  निर्माण गरिएको  जसमा असार २१ गते सम्ममा  कुल २८ जना  क्वारेन्टाइनमा रहेको  जनाइएको छ।

 उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सहयोगी उच्च माध्यमिक बिध्यालय, गोकर्णेश्वर नगरपालिका वडा नं १ राम जानकी आधारभूत बिध्यालय र ओख्रेनी माध्यमिक बिध्यालय गरि दुइ वटा रहेकोमा रामजानकी आधारभूत बिध्यालयलाइ क्वारेन्टाइनको रुपमा प्रयोग गर्नको लागि तयारीको क्रममा रहेको जनाइएको छ ।त्यस्तै सहयोगी उच्च माध्यमिक बिध्यालय गोकर्णेश्वर ४ को क्वारेन्टाइन मा कुल २६ जना रहेको जसमा १९ जना पुरुष रहेको र ७ जना  महिला रहेको जनाइएको छ। त्यस्तै गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल स्थित ओख्रेनी माबी क्वारेन्टाइनमा २ जना रहेका जसमा १ पुरुष र १ महिला रहेको पनि जानकारी गराइएको छ ।   साथै हाल सम्म  क्वारेन्टाइनमा रहेकाहरुमा कोरोना  संक्रमित नभएको  पनि जानकारी गराइएको छ ।

 

तपाइँको प्रतिक्रिया ।