गोकर्णेश्वर अत्तरखेल बाट चोरी गरिएका सामान सहित एक ब्यक्ति पक्राउ

गोकर्णेश्वर अत्तरखेल बाट चोरी गरिएका सामान सहित एक ब्यक्ति पक्राउ

कपन अनलाइन

काठमाडौँ, असार २१ । महानगरीय प्रहरी बिट माकलबारीले चोरीको समान सहित एक जनालाई पक्राउ गरेको छ।शनिबार गोकर्णेश्वर नगरपालिका अत्तरखेल स्थित नेपाली बजारको एक कस्मेटिक पसल बाट मोबाइल ३ थान र (सेन्ट) अत्तर ९ पिस  चोरी गरि भाग्दै गरेको अवस्थामा प्रहरीले  एक ब्यक्तिलाइ पक्राउ गर्न सफल भएको हो ।

चोरीको खबर पाउन साथ महानगरीय प्रहरी बिटका कार्यलय प्रमुख प्रहरी साहयक निरीक्षक लोकेन्द्र गिरिको  कमाण्डमा खटिएको टोलीले  चोरी भएको १० मिनेटमा नै चोर  र चोरीको समान सहित  नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ।

 पक्राउ पर्नेमा दोलखा घर भई अत्तरखेल बस्ने अन्दाजी वर्ष २३का  एक ब्यक्ति  रहेको पनि प्रहरीले बताएको छ। पक्राउ  पर्नेको नाम गोप्य  राखिएको भविष्यमा उनमा  सुधार आउन सक्ने आस्थाका साथ उनको आगामी भविष्यलाई हेर्दै नाम गोप्य राखिएको प्रहरी सहायक निरीक्षक लोकेन्द्र गिरीले बताए ।  पक्राउ परेका  निजलाइ  थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको पनि उनले  बताए ।

तपाइँको प्रतिक्रिया ।