गजल : रामकुमार श्रेष्ठ ‘फुच्चे’
कपन अनलाइन
काठमाडौं ,असार २०।
हजारौ सपना साचीरहेछ ऊ परदेशी बनेर ।
लाग्छ अरुकैनिम्तीबाचीरहेछ ऊ परदेशी बनेर ।
कमाउँदै जादादाजुभाई आफन्त गुमाएपछि,
बिगतसम्झीऔलाभाचीरहेछ ऊ परदेशी बनेर ।
हर पिडामा छाती पोल्थ्यो तरपनिआजकिन,
कठोर आत्माजाचीरहेछ ऊ परदेशी बनेर ।
श्रीमती दिन्छे नदिनु पर्ने अमिट उपहार जब,
देखावटी नाचनाचीरहेछ ऊ परदेशी बनेर ।
सँगै काम गर्ने साथी नऊठ्ने गरी सुतीरहेपछि,
मुटु गाठो पारेर हाँसीरहेछ ऊ परदेशी बनेर ।
तपाइँको प्रतिक्रिया ।