लायन्स क्लब अफ काठमाडौं जोरपाटीको वृक्षारोपण सम्पन्न

लायन्स क्लब अफ काठमाडौं जोरपाटीको वृक्षारोपण सम्पन्न

कपन अनलाइन

काठमाडौं असार १८ ।लायन्स क्लव अफ  काठमाडौं जोरपाटी द्धारा वृहद वृक्षारोपण कार्यक्रम सम्पन्न  गरेको छ ।समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशिल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको  लायन्स क्लव अफ काठमाडौं , जोरपाटी द्धारा लायन्स वर्ष २०२० २१ को शुरुवात वर्षको अवसरमा बुधबार राष्टिय निजामती तथा शहिद पार्क , जगडोलमा वृहद वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो  ।

 बिहान भएको  उक्त कार्यक्रममा पूर्व गर्भनर तथा क्लवका चार्टड प्रेसिडेन्ट एवम मल्टीपल हङ्गर रिलिफ चियर पर्सन  लायन कुमार राज सुवेदी , एम जे एफ, चिफ डिष्ट्रिक्ट सेक्रेटारियट लायन  शान्ता थापा , चिफ डिस्टिक एडमिनिस्टेरेटर लायन  सुरेन्द्र प्रकाश वलाय , डिस्ट्रिक  एडभइजर लायन  दिपेन्द्र शाक्य, जोन चियर पर्सन  लायन कुमार श्रेष्ठ , क्लव प्रेसिडेन्ट लायन  देव नारायण चौलागाई , लायन्स क्लवका पदाधिकारीहरु तथा लियो क्लव अफ काठमाडौं जोरपाटी तथा लियो क्लवका पदाधिकारीहरु को उल्लेख्य उपस्थितीमा वृक्षारोपण गरिएको  कार्यक्रम संयोजक एबम लायन्स क्लब अफ काठमाडौं जोरपाटीका सेकेन्ड भी पी लायन प्रकाश अधिकारीले जानकारी गराए ।

 करिब १०० वटा सोन्दर्य जातका विरुवाहरु रोपिएका थिए । उक्त कार्यक्रममा  यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुर्दशन सिग्देल समेतको सहभागिता रहेको थियो । लायन वर्ष २०२१/२२मा लायन्स क्लबले  बिभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ ।

तपाइँको प्रतिक्रिया ।