लायन्स क्लब अफ काठमाडौं डाँफे द्वारा खाद्यान्न सहयोग

लायन्स क्लब अफ काठमाडौं डाँफे द्वारा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,असार १८ ।लायन्स क्लवको  हंगर रिलिफ कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरिएको  छ । समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशिल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको  लायन्स क्लव अफ काठमाडौं डाँफे तथा लायन्स क्लब अफ सिन्धुपाल्चोक द्वारा  लायन्स वर्ष २०२० २१ को शुरुवात वर्षको अवसरमा बुधबार माकलबारीमा   १० परिवारलाइ  एक महिनालाइ पुग्ने खाद्यान्न सहयोग गरेको हो ।

लायन वर्ष २०२१/२२को अवसरमा डिस्ट्रिकले बिभिन्न कार्यक्रम गरि मनाउन गरेको आव्हान  अनुसार उक्त खाद्यान्न सहयोग गरिएको लायन्स क्लब अफ काठमाडौं डाँफेका सेकेन्ड भिपी लायन बच्चुराम शर्मा कुइकेलले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका र लक डाउन प्रभावितहरुलाईप्रति परिवार चामल ३० किलो ,दाल ३ केजी, चिनी २ केजी चिउरा २ केजी, आलु ५ केजी, तेल २ लिटर, टुथपेस्ट , नुहाउने र लुगा धुने साबुन  नुन लगायतको समाग्री वितरण गरेको बताए ।

कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, डाँफेका चार्टर प्रेसिडेन्ट लायन महेश आचार्य, लायन्स क्लब अफ काठमाडौं डाँफेकि प्रेसिडेन्ट लायन पद्मा पुडासैनी, लायन संजय दहाल, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना  लगायत लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।