काठमाडौं महानगरका भवनको नक्सामा श्रवन १ गते देखि विधुतीय हस्ताक्षर रहने

काठमाडौं महानगरका भवनको नक्सामा श्रवन १ गते देखि विधुतीय हस्ताक्षर रहने

कपन अनलाइन

काठमाडौं ,असार १७ ।

काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट भवनको नक्सा स्वीकृत गर्दा बिद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने तयारी गरेको छ । स्मार्ट सहरका सूचकमा काम गर्न महानगरसँग क्षमता , श्रोत , संरचना र पूर्वाधार रहेकोले  एउटा कम्पोनेन्टमा काम थाल्ने तयारी गरिएको हो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने   अब नक्सा पास प्रक्रिया पूर्ण रुपमा पेपरलेस हुनेछ । नक्सा दर्ता भएको ३० दिनभित्र स्वीकृतिको प्रमाण पत्र दिने गरी प्रणाली बिकास गरेका छौं । उनका अनुसार सेवा लिन कार्यालय नै पुग्नु पर्ने, कर्मचारीलाई कुर्नुपर्ने अभ्यासलाई सुधार गर्न खोजेका हौं । यस प्रणालीमा दरखास्तवालाले आफ्नो फाइल कुन डेक्समा वा कुन अधिकारीकोमा पुगेको छ भनेर घरमै बसेर ट्र्याक गर्न सक्छन् ।

डिजिटल सिग्नेचर कार्यान्वयनमा आइसकेपछि दरखास्तवालाले घरमै बसेर नक्सा दर्ता गर्न सक्छन् । मापदण्ड र कागजागत पुगेका नक्सा स्वचालित प्रणालीबाट प्रक्रियामा जान्छन् । यस प्रक्रियामा दरखास्तवाला सरजमिन गर्ने बेला र प्रमाण पत्र लिने बेला कार्यालयमा जानुपर्छ । बैङ्कमा दस्तुर बुझाउने बेला ऊसँग बैङ्कको कारोवार गर्ने सुबिधाअनुरुप घरमै बसेर वा बैङ्कमा गएर तिर्न सक्छन् ।

फाइल प्रक्रियामा जाँदा शुरुवातमा नक्सा दर्ता भएको, दस्तुर बुझाएको र नक्सा स्वीकृत भएर प्रमाण पत्र लिन अनुरोध गरिएको एसएमएस दरखास्तवालाको मोवाइलमा जान्छ । मोवाइल नम्बर घरधनी वा उसले अख्तियारी दिएको वारेसमध्ये एकको हुनेछ । केएमसिइबिपिएस डट जिओभि डट एनपि वेभ ठेगानाबाट यो प्रणालीमा पुग्न सकिन्छ । यस प्रक्रियाका लागि भवन इजाजत बिभाग र सूचना प्रबिधि महाशाखाले काम गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।