डिप्रेसन रोक्न तत्काल बिशेष कार्यक्रम संचालन गरौ :सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडा

डिप्रेसन रोक्न तत्काल बिशेष कार्यक्रम संचालन गरौ  :सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडा

कपन अनलाइन

काठमाडौं असार १७। कलाकार  तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिंखडाले कोरोना भाइरस तथा लकडाउनका कारण डिप्रेसनका बिरामी बढ्न सक्ने भन्दै डिप्रेसन विरुद्धका  कार्यक्रम सञ्चालन गर्न  सरकारलाइ अनुरोध गरेका छन ।कपन अनलाइन संग  संक्षिप्त कुरा गर्दै उनले यस्तो अनुरोध गरेका हुन् । सिंखडाले  बेलैमा सचेत नभए अवस्था भयावह हुन  सक्ने भन्दै चांडो भन्दा चाडो त्यस्ता कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

डिप्रेसनसँग जुध्न स्थानीय, प्रदेश तथा केन्द्र सरकारले विशेष कार्यक्रम ल्याउन ढिलाइ गर्न नहुने उनको तर्क रहेको छ । डिप्रेसनलाई सामान्य रुपमा लिन नहुने बताउँदै उनले यतिबेला विशेष कार्यक्रमको खाँचो रहेको बताए । जसको मानसिक स्वास्थ्य राम्रो हुन्छ, उसको शारीरिक स्वास्थ्य पनि राम्रो हुन्छ । जब शारीरिक स्वास्थ्य राम्रो हुन्छ, उसको सामाजिक स्वास्थ्य राम्रो हुने हुँदा   समाजमा उसले विभिन्न क्रियाकलाप गर्न सक्ने बताए । अहिले विश्वमा कोरोना संक्रमणको कारण ठूलो क्षति भएको छ ।

धेरै उद्योग डुबेका छन्, व्यवसाय डुबेका छन्, रोजगारी गुमेको छ, क्यारियर डुबेको छ, कमाइ डुबेको छ । यो केबल मेरो, हाम्रो वा तपाईंको मात्र डुबेको छैन । अहिलेको अवस्थामा सबैभन्दा ठूलो कुरा बाँच्नु हो । अहिले बाँच्यौं, बचायौं भने यो रात्रि ढलेपछि हामी सबैले मेहेनत गर्नेछौं, आफ्नो क्यारियर, व्यवसाय, व्यापार, पेशा, कमाई सबै प्राप्त गर्नेछौं  उनले भने ।

स्कुले बिद्यार्थी देखि लिएर उद्यमी, गृहीणी तथा हरेक तह र तप्काका व्यक्तिहरुका लागि अहिले विशेष परामर्शमुलक कार्यक्रम समेत सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । संक्रमणको यस घडीमा आफू सुरक्षित रहन अरु भन्दा टाढीएर बस्नु उपयुत हुन्छ तर साथसाथै आफ्नो मानसिक स्वास्थ्यलाई ख्याल गर्न पनि उतिकै जरुरी हुने बताउदै  अबको विकास भनेको भौतिक विकाससहित मानसिक र सामाजिक विकास  हुनुपर्ने मा जोड दिए ।

कोरोनाका कारण धेरैमा विभिन्न प्रकारका डर पैदा भएको भन्दै उनले डर डिप्रेसनमा परिणत हुने चिन्ता व्यक्त गरे  । लकडाउनका बीचमा भएका आत्महत्याका घटनाबाट सरकारले पाठ सिक्न नसके त्यो गम्भिर हुने उनले बताए  । उनले स्थनीय स्तरमा  चाडैनै आफुले पनि त्यस्तो कार्यक्रम संचालन गर्नको लागि पहल गरिरहेको पनि बताए।

तपाइँको प्रतिक्रिया ।