शंखरापुर नगरपालिकामा सलह किरा नियन्त्रण गर्न निम्न बिधि अपनाउन उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठको अनुरोध

शंखरापुर नगरपालिकामा सलह किरा नियन्त्रण गर्न निम्न बिधि अपनाउन उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठको अनुरोध

कपन अनलाइन

काठमाडौं असार १७। शंखरापुर नगरपालिकाले सार्वजनिक सुचना जारी गरेको छ। नगर उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठ द्वारा हस्ताक्षरित उक्त सुचनामा सलह किराको प्रवेश आकस्मिक रुपमा काठमाडौं उपत्यकामा प्रवेश भैसकेको यसको प्रभाब काठमाडौं भक्तपुर र ललितपुर आसपासका क्षेत्रमा पनि देखिएको हुँदा सलह किराको नियन्त्रणका लागि निम्न बमिजिम उपायहरु अपनाउन हुन समबन्धित सबै शंखरापुर नगर बासीलाइ अनुरोध गरिएको छ ।

१) यो किरा साँझपख सबै  किसिमका  बोटबिरुवाहरुमा झुण्ड भै बास बस्न सक्ने हुँदा किरा देखिएमा सम्बन्धित स्थानीय  तहको कृषि विकास शाखा, सम्बन्धित वडा कार्यालय, कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्नको लागि अनुरोध गरिएको छ।

२) सलह किरा  देखिएमा माला थियन  ३ एम एल १ लिटर पानीमा वा क्लोरोपाईरिस नामक बिषादी २ एम एल प्रति लिटर पानीमा घोली बिषादी किरामा पर्ने गरि स्प्रे गरिदिन अनुरोध गरिएको छ ।

३ )सलह किरा संकलन गरि आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० का दरले प्रोत्साहन स्वरुप रकम उपलब्ध गराउने भनिएको छ ।

४) धानबालीको बिउ, तरकारी वाली तथा अन्य बालीहरुको बचावटका लागि झुल वा जालीले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठुलो ध्वनी (थाल, टिन, ड्रम थटाउने, ठुलो आवजमा  स्पिकर बजाउने ) संकलन गरि नष्ट गर्ने, दुइतिर बसेर लामो डोरी समाएर हल्लाउने ,धुवाको प्रयोग गरि बचावट गर्ने गर्न अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।