लायन्स क्लब अफ काठमाडौं एकेडेमिकको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं एकेडेमिकको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,असार १७।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौँ  एकेडेमिक को पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार माकालबारी स्थित जी जी ट्राभल लजमा  क्लबका प्रेसिडेन्ट लायन कृष्ण गौतमको अध्यक्षतामा लायन्स क्लब अफ काठमाडौँ एकेडेमिकका कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्य समितिलाई पद हस्तान्तरण गरेका हुन्।

लायन्स क्लब ३२५ ए वान का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्रसाद भेटुवाललको  प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा लायन वर्ष २०/२१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ,पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, जी एम टि(ग्लोबल मेम्बर शिप टिम) लायन धर्म शरण श्रेष्ठ, जोन चियरपर्सन तथा मनोनित एरिया कोर्डिनेटर लायन पेमा छिरी शेर्पा लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो कार्यक्रम संचालन  क्लबका सचिब लायन मोहन अधिकारीले गरेका थिए ।

 राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा  लायन  पार्वती दाहालले झण्डाको अभिवादन बाचन  गरेकी थिइन्।एक मिनेट विश्व शान्तीको लागि मौन पार्थना गरिएको कार्यक्रम  क्लबका सेकेन्ड भी पी लायन मदन कुमार सुवेदीले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका वर्ष २०१९/२०का प्रेसिडेन्ट लायन  कृष्ण गौतमले आफ्नो कार्य कालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे ।

 लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका २०१९-२० का प्रेसिडेन्ट लायन   कृष्ण गौतम , सहितको कार्यसमितिले लायन्स क्लब अफ काठमाडौं  एकेडेमिकका वर्ष २०२०-२१ को लागि चुनिएका प्रेसिडेन्ट लायन  नवराज रिजालको  नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थिए  । कार्यक्रममा क्लबले बर्षभरि गरिएको  काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको  हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरेका थिए ।प्रमुख अतिथिको रुपमा बोल्दै लायन्स क्लब ३२५ ए वानका इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन अनन्त प्राद भेटुवालले   आयोजकलाइ धन्यवाद दिदै  समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको हुदा हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले  सामाजिक काम गरि डिस्ट्रिकको उत्कृष्ट क्लब हुनुपर्नेमा जोड दिएका थिए ।

नेपालमा हिजोको दिन भन्दा नेपालको लायानिजमको अवस्था अन्त्यन्त सुन्दर र उज्ज्वल भएर अगाडी बढिरहेको बताउदै लायन्स क्लब बिशुद्द समाजसेवामा समर्पित डेमोक्रेटिक अर्गनाइजेसन भएको बताए। उनले यसमा रहेर के पाए  भन्दा पनि आफु  भन्दा पछाडी परेको समाज र मानव जातिलाइ के दिन सके र सक्छु भनेर व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्दै यसको गरिमामा रहेर लायन्सवादको विकास र सेवामा लाग्ने प्रण गर्नु पर्ने बताए ।लायन्स क्लबले नयाँ सोच र विचारका साथ सिर्जनशील काम गर्नुपर्ने पनि बताए । उनले  लायन्स क्लब अफ  काठमाडौं एकेडेमिकले  सिर्जनशील कामलाई तीव्रताका साथ अगाडी बढाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै  लायन्स क्लब अफ काठमाडौं एकेडेमिकका वर्ष २०२० /२१ प्रेसिडेन्ट क्रमश लायन  नवराज रिजालले पद स्वीकार गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताएका थिए ।उनले  वर्ष २०/२१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको थिम TEAM अनुसार काम गर्ने बताएका थिए।उनले सबैको साथ र सहयोग बाट सामाजिक कार्य गर्दै क्लबको गरिमालाई उच्च पार्दै लैजाने बताए ।

कार्यक्रममा लायन वर्ष २०/२१का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ र पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदीले आयोजकलाइ धन्यवाद दिदै स्थापना भएको छोटो समयमा नै लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले  सामाजिक कार्यमा अग्रसर भएको भन्दै प्रशंसा गरेका थिए  । लायन्स क्लब अफ काठमाडौं एकेडेमिकले  दिर्घकालिन लक्ष्य लिएर अगाडी बढ्नुपर्ने बताउदै आफ्नो सदैब साथ र सहयोग रहने पनि बताए।

कोरोना भाइरस, कोभिड–१९ महामारी हाम्रो समयको विश्वव्यापी स्वास्थ्य संकट र आजको विश्वको सबैभन्दा ठूलो चुनौती  भएको बताउदै   सम्पूर्ण विश्व लकडाउनको गम्भिर अवस्थाको सामना गर्दैछ । तथापि यो प्रतिकूल समयमा  लायन्स क्लबले सामाजिक  सेवालाई  जारी राखेको बताए।  उनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा डिस्ट्रिक  र क्लबको कार्ययोजना अनुरुप क्लब अघि बढ्ने बिश्वास ब्यक्त  गरेका थिए ।कार्यक्रममा लायन  नवराज रिजालले धन्यबाद ज्ञापन  गरेका थिए । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं एकेडेमिक लेखिएको बिप सार्वजनिक समेत गरिएको थियो ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।