काठमाडौं महानगरपालिका वडा नं ६ भृकुटी चोकका एक जनामा कोरोना पोजेटिभ

काठमाडौं महानगरपालिका वडा नं ६ भृकुटी चोकका एक जनामा कोरोना पोजेटिभ

कपन अनलाइन

काठमाडौं ,असार १५।

काठमाडौं महानगरपालिका वडा -६  भृकुटी चोकमा एकजनामा कोरोना पोजेटिभ देखिएको छ।

भारतको गोरखपुरबाट अषाढ ११ गते राति आएका तीनजना परिवार श्रीमान / श्रीमती र छोरी मध्ये श्रीमानको १२ गते आरटी पिसिआर विधिद्वारा कोरोना संक्रमण जाँचको लागि पाटन अस्पतालमा गई थ्रोट स्वाव दिएर आएकोमा आज रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको हो।

उक्त स्थान कपनमा हो भन्ने जानकारी पाएसंगै बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख कुमार प्रसाद दाहालको नेतृत्वमा कन्ट्याक्ट् ट्रेसिङ टोलि र महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक शेखर जङ्ग मल्लको प्रहरी टोलि भृकुटी चोक पुगेको थियो। तर ती व्यक्तिको बासस्थान महानगर -६ मा पर्ने भएकोले सम्पूर्ण आवश्यक कन्ट्याक्ट् ट्रेसिङ कार्य गरेर वडाध्यक्ष दिपेन्द्र लामालाई जिम्मा लागाएको थियो।

उक्त परिवारको नजीक सम्पर्कमा रहेका अन्य परिवारका सदस्यको पनि एकहप्ता भित्रमा आरटी पिसिआर विधिद्वारा कोरोना जाँच गर्नुपर्ने दाहालले बताएका छन्।

तपाइँको प्रतिक्रिया ।