बुढानिलकण्ठ नगरपालिकाले प्रस्ताव गरेका १३ गौरवका योजनाहरु
कपन अनलाइन
काठमाडौं ,असार १४।
बुढानिलकण्ठ नगरपालिकाले संघीय ,प्रदेस र स्थानीय सरकारको सहकार्यमा संचालन गरिने १३ वटा योजनाहरुलाई नगरपालिकाको गौरवका योजनाका रुपमा अगाडी बढाउन प्रस्ताव गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभामा प्रमुख उद्दव प्रसाद खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा तलका योजनाहरुलाई गौरवका योजना मानि निर्माण गरिने उल्लेख गरिएको छ।
१. प्रत्येक वडा कार्यालय सम्म ८ मिटरको पक्कि सडक संजाल विस्तार गर्ने
२. कपन ह्यान्डबल मैदानमा भूगोल र क्षेत्रफलका आधारमा बहूदेस्यीय रंगशाला निर्माण
३.धोवीखोला कोरिडोरको सौन्दर्यिकरण र बुढानिलकण्ठ सम्म विस्तार
४.सबै वडामा कम्तिमा २ वटा हरियाली पार्क निर्माण
५.तिस हजार घरधुरीमा १ घर १ धारा पुर्याउने
६.नगरपालिकाको कार्यालय भवन विस्तार तथा प्रविधि मैत्री बनाउने
७.पन्ध्र सैयाको नगर अस्पताल निर्माण
८.सुविधा सम्पन्न थोक तरकारी बजार संचालन
९. बुढानिलकण्ठ मन्दिर क्षेत्र विशेष कार्यक्रम
१०. डाँडागाउँ -विष्णुमति -चिसेनी -मुहान पोखरी -तौलुंग ,तारेभिर -जगडोल -कपन पर्यटन पदमार्ग निर्माण
११.नगरपालिकाको उपयुक्त स्थानमा बसपार्क निर्माण
१२. बुढानिलकण्ठ संग्रहालय ,सिर्जना ग्राम तथा सभा हल निर्माण
१३. भद्रकाली मन्दिर ,बंगलामुखी मन्दिर ,सिद्देश्वर मन्दिर ,दुर्गा मन्दिर ,जगडोल झन्डा पार्क लगायतका क्षेत्रको विकास तथा सौन्दर्यिकरण
यी योजनाहरुलाई एक साथ् शुरु गर्नका लागि सरोकारवाला पक्ष र निकाय संग समन्वय गर्ने बुढानिलकण्ठ नगरपालिकाले बताएको छ। यो संगै नगरपालिकाका ४ वटा वडा कार्यालय भवनको डीपीआर तयार भएर सम्झौताको तयारी भएको जानकारी दिदै नगरपालिकाले ८ वटा पार्क निर्माणाधीन रहेको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।