गोकर्णेश्वर ३ मा हरियाली प्रवर्द्धन गर्न वृक्षारोपण गरियो
कपन अनलाइन
काठमाडौं असार १३। हरियाली प्रवर्धनका साथै सडक सौन्दर्य बढाउनको लागि गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा सडक किनारमा बिभिन्न प्रजातिका बिरुवा वृक्षारोपण गरिएको छ।गोकर्णेश्वर नगरपालिका वडा.नं ३ का स्वयम सेवक संयोजक हरिबोल विष्टको संयोजकत्वमा स्वतन्त्रत टोल सुधार समितिका अध्यक्ष जयराम बिष्टको पहलमा गरिएको वृक्षारोपण कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ती नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा.नं ३ का अध्यक्ष राजेन्द्र कुमार भण्डारी, वडा सदस्य लक्ष्मण लामा गोले, लक्ष्मी भण्डारी स्वयम सेवक संयोजक दीपक लामा समाजसेवी सन्तोष बिष्ट , बिमान लामा,प्रबिन बिष्ट ,दीपेन्द्र बिष्ट ,शशी भण्डारी, सूरज़ बिष्ट , नवीन बिष्ट, बिकस बिष्ट, अमर लामा, बीबेक लामा, राजकुमार लामा,लगायत सुन्तख़ानका युवाहरूको साथै स्थानीयको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
सडक किनारा उजाड डाडॉ र मन्दिर परिसरमा पहिलो चरणको वृक्षारोपण भएको हो। उक्त स्थानमा धुपी, लगायतको फलफूलको बिरुवा वृक्षारोपण गरिनुको साथै सो बिरुवाको संरक्षणको लागि तार जाली समेत राखिएको थियो ।‘वातावरण संरक्षण सबैको साझा विषय भएकोले यो कामलाई अगाडी बढाएको कार्यक्रम संयोजक हरिबोल बिष्टले बताए ।हरियाली अभियानले मान्छेमा प्रकृतिको संरक्षण गर्नुपर्ने जनचेतना दिएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यवाद दिदै गोकर्णेश्वर नगरलाई स्वच्छ र हरियाली नगर बनाउन आयोजित वृक्षारोपण कार्यक्रम सफलताको शुभकामना दिदै गरिएको वृक्षारोपण ।यी विरुवा बचाउन र हुर्काउन सबै नगरबासीको साथ सहयोगको आवश्यकता पर्ने बताए । स्थानीयलाइ उक्त बिरुवा संरक्षण गर्नको लागी समेत नगर प्रमुख सन्तोष चालिसेले अनुरोध गर्दै सडक किनारमा गरिएको वृक्षारोपणले सडक सौन्दर्य मात्र नभई बातावरण प्रदुषण कम गर्न समेत सहयोग पुर्याउने हुनाले वृक्षारोपण गरिएको र अन्य स्थानमा पनि वृक्षारोपण कार्यलाई निरन्तरता दिदै जाने बताए ।
त्यस्तै कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालले बढ्दो अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको अवस्थामा हरियाली प्रवर्द्वनमा सहयोग पुर्याउनुको साथै सडक सौन्दर्य समेत बढाउने हुनाले वृक्षारोपण गरिएको बताए ।उनले रोपेको बिरुवाले प्रकृतिको संरक्षणमा सकारात्मक जनचेतना फैलाउन सहयोग पुर्याउने बिश्वास लिदै सो बिरुवा संरक्षणमा स्थानीयले सहयोग गर्ने पनि विश्वास ब्यक्त गरेका छन ।