बुढानिलकण्ठ नगरपालिकाले युवा संसद बैठक गर्ने
कपन अनलाइन
काठमाडौं ,असार १३ ।
बुढानिलकण्ठ नगरपालिकाका युवाहरुलाई नगरको योजना छनौट ,निर्माण र प्राथमिकीकरणमा सहभागिताका लागि युवा संसद बैठक आयोजना गर्ने नीति ल्याएको छ।
बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभामा नगर प्रमुख उद्दव प्रसाद खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नया शिप र क्षेमता भएका युवाहरुलाई प्रोत्साहन गर्नका लागि संसद बैठक आयोजना गर्ने उल्लेख गरिएको छ।
त्यस्तै सो नीति तथा कार्यक्रममा युवा उधमशिलता तथा रोजगारका लागि परियोजना प्रस्ताव निर्माण गरि युवाहरुको उत्प्रेरणाका लागि युवा महोत्सव आयोजना गरिने उल्लेख गरिएको छ भने युवा संग मेयर कार्यक्रम संचालन गरिने पनि जानकारी गराइएको छ।
नगरपालिकाको उपयुक्त स्थानमा कभर्ड हल तथा ब्याम शाला निर्माण गर्ने योजना ल्याएको बुढानिलकण्ठ नगरपालिकाले खेलप्रेमी युवाहरुका लागि खेलकुद प्रतियोगिता आयोजना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।