बुढानिलकण्ठका प्रमुख प्रशासकिय अधिकृत नारायण रिसाल सहित २२ जना सहसचिवमा बढुवा
कपन अनलाइन
काठमाडौं ,असार १२।
लोकसेवा आयोगले २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
आयोगद्वारा शुक्रबार सार्वजनिक भएको सूचनामा लिखित र अन्तर्वार्तामा उत्तीर्ण २२ जना उप–सचिवहरूलाई सह–सचिवमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।
आयोगले २२ पद पदका लागि लिखित र अन्तर्वार्ता लिएको थियो ।
२८ जना सह–सचिवले लिखितमा नाम निकालेका थिए । अन्तर्वार्तामा २७ जना उप–सचिवहरू सहभागी भएका थिए ।
‘नेपाल प्रशासन सेवा, रा.प.प्रथम श्रेणी (अप्रा) सह–सचिव वा सो सरह पदको लिखित पदमा २२ जनाको अन्तर्वार्ता सञ्चालन भएकोमा अन्तर्वार्तामा २७ जना उपस्थित भएका थिए’, आयोगद्वारा जारी सूचनामा भनिएको छ ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रिसाल आयोगले प्रकासित गरेको सुचनामा अर्याल १५ औ योग्यता क्रममा रहेका छन।
तपाइँको प्रतिक्रिया ।