बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण हुन्छ :बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा

बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण हुन्छ :बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा

कपन अनलाइन

काठमाडौं,असार ११ । गोकर्णेश्वर नगरपालिकाको पाँचौ नगर सभा बुधबार बाट शुरु भएको छ। गोकर्णेश्वर  नगरपालिकाका प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा  जोरपाटी स्थित पिस  ब्यांकेटमा भएको नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो।नगर सभामा  बिशेष अतिथिको रुपमा बोल्दै बागमती  प्रदेशका प्रदेश  सभा सदस्य  माननीय छिरिंग दोर्जे लामाले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै प्रदेश सभाले नगर सभा संचालन ऐन बनाएको र त्यही नगर सभा संचालन ऐन अन्तर्गत रहेर नेपालको सम्पूर्ण स्थानीय तहमा भइरहेको बताए ।

प्रदेशले बनाएर पठाएको हाम्रै लागि बनेको  ऐन कानुन कतिको लागु भइ रहेको छ र कानुन ऐन अन्तर्गत रहेर काम कारवाहि भैरहेको छ कि छैन? ,त्यो बनाएको कानुन र ऐनको सदुपयोग भैरहेको छ कि  छैन? त्यसलाई क्रियाशील ढंगले अगाडी बढाउन सकिरहेको छ कि छैन भनेर आवाजहरु उठेको बताए। उनले त्यसै गरि नगर सभा पनि ऐन अन्तर्गत रहेर  संचालन भइरहेको छ कि छैन भनेर प्रदेश मामिलाले हेर्ने गरेको जानकारी गराए।

उनले आफु पनि प्रदेश मामिला सदस्य भएको नाताले त्यो समितिमा सो सम्बन्धि छलफल भएको पनि जानकारी गराए। उनले धेरै माननीयहरुको ऐन अनुसार अहिले नगर सभाहरु भैरहेको छैन खासगरि स्थानीय तहमा भन्ने गुनासो रहेको समेत जानकारी गराए ।उनले प्रदेशमा ऐन बनाउदै गर्दा नगर सभामा प्रतिनिधि सभाको सदस्यलाइ बोलाउने कुरा प्रदेश सभा सदस्यलाइ बोलाउने कि नबोलाउने भन्ने विषयमा पनि ठुलो छलफल भएको बताए।धेरै छलफल पछि त्यहा बोलाउनुपर्छ कम्तिमा पनि उद्घाटन सत्रमा  बोलाउनु पर्छ भनेर पास भएको स्मरण गरेका थिए ।त्यसै गरि नगर सभा बस्दै गर्दा सभाको सभामुख संसदमा जसरि सभामुख ज्यु भन्छौ त्यसै गरि यहाँपनि सभामुखले नै कार्यक्रम संचालन गर्ने बताए ।

 

उनले बन्द सत्र नै सभा भएको र सभा नै बन्द सत्र भएको  हुँदा बन्दसत्र भानिराख्न पर्छ जस्तो आफुलाई नलागेको बताए। उनेल ऐनमा बसेर काम कारवाही अगाडी बढाउन समेत अनुरोध गरेका थिए। उनले कानुनको परिधिमा रहेर सभा संचालन गर्नु पर्ने पनि बताए। उनले आफुहरुलाई उद्घाटनमा बोलाउनु पुर्व बिनियोजन विधयेक आर्थिक विधयेक सभा बस्नु भन्दा केहि घण्टा अगाडी बितरण गर्नुपर्छ भनेर लेखिएको  बताउदै  आगामी दिनमा सो लाइ पनि मध्यनजर गर्न अनुरोध गरेका थिए ।

छोटो समयमा जति भ्याउछ त्यति पल्टाएर आफुले हेरेको जानकारी गराउदै आफुलाई त्यो हेर्दै गर्दा खुसि लागेको एक अर्ब सतासी करोडको बजेट  प्रक्षेपण भएको त्यो बजेट पक्कै पनि पास हुन्छ, पास नभएमा नगर सभाको औचित्य पनि नरहने हुँदा त्यो अंकमा पास हुनेछ भन्ने आफुले पनि विश्वास लिएको बताए । उनले बजेट विनियोजन भन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताए । उनले एक अर्व सतासी करोडको बजेट कार्वान्वयन गर्दा खेरि राजश्वलाइ सही ढंग बाट आंकलन गर्न सकिएन भने कहाँ कहाँ गर्ने भनेर  निर्दिष्ट गरिएको बजेटमा  त्यो काम पूर्ण गर्न नसकिने बताए उनले हामीले अनुमान गरेर आंकलन गरेर जुन प्रक्षेपण गरेर राजश्वको अनुमान सहि बास्तविक ढंगले  निर्वाह गरेको छौ भने मात्र सफल हुने बताए।

आफुले राजश्व कति आंकलन गरेको राजश्वको बारेमा राम्रो संग हेर्न नपाएको बताउदै आफुलाई जहासम्म लाग्छआर्थीक वर्षको ४० करोड राजश्वको आकलन गरेको राजश्व जेठ महिना सम्मको हेर्दा खेरि ३४,३७ करोडको राजश्व उठिसकेको हुँदा एउटा बास्तविक बजेटको नजिक नजिक पुगेको र असर सम्म हेर्दा वास्तविकता सम्म धेरै भेटिन जाने बताए। उनले यस पटक पनि ५० करोड  को अनुमान गरेको हुँदा आफुलाई जहाँ सम्म लाग्छ, अहिलेको दौरानमा महामारीको रुपमा फैलिएको कोभिड १९ ले हाम्रो व्यवसाय देखि लिएर आर्थिक क्रियाकलाप कम हुन्छ कि भन्ने लागेको हुँदा तर पनि ५० करोड को राजस्व अनुमान गरिएको छ।त्यसको लक्ष्य प्राप्तिको लागि शुभकामना ब्यक्त गर्दै बास्तबिकता भित्र रहेर बजेट आंकलन गरेको हो भने बजेट पूर्ण रहनेमा बिश्वस्त रहेको बताए ।

उनले नगर सभामा आएका जतिपनि योजना रहेका छन, त्यी योजनाले समग्र नगर र  नगरबासीको भलोको लागि होस् भन्ने शुभकामना ब्यक्त गरेका थिए। उनले गोकर्णेश्वर नगरपालिकाकोले गरेका  बिभिन्न काम  उत्कृष्ट ढंगले गरेको  कारणले गर्दा अन्य नगरपालिकामा पनि गोकर्णेश्वर नगरपालिकाको नाम लिने गरेको जानकारी गराउदै आगामी दिनमा पनि त्यस्तै उत्कृष्ट कार्य गर्दै नगरको समग्र विकासमा उदाहरणीय कार्य गर्न सकोस भन्ने शुभकामना ब्यक्त गरेका थिए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।