चन्द्रागिरि नगरपालिकाले ल्यायाे १अर्ब ४९ करोड ६२ लाखकाे बजेट

चन्द्रागिरि नगरपालिकाले ल्यायाे १अर्ब ४९ करोड ६२ लाखकाे बजेट

कपन अनलाइन 

काठमाडौं,असार ११ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब ४९ करोड ६२ लाख १६ हजार ५ सय ९९ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिबघटाएर बजेट ल्याएको हाे । काठमाडौँ चन्द्रागिरिकी उपप्रमुख लिशा नकर्मीले बुधबार काठमाडौंमा आयोजित बजेट नगरसभाको पाँचौ अधिवेशनमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नगरले चालू तर्फ ७४ कराेड १२ लाख ६ हजार ५ सय ९९ र पुजी तर्फ ६० कराेड ५० लाख १० हजार रहेकाे छ ।सामाजिक सुरक्षा तर्फ १५ कराेड रकम विनियोजित गरेकाे छ ।

चन्द्रागिरि नगरपालिकाकाकाे आगामी आवका लागि अन्तरिक श्रोतबाट २४ करोड ५१ लाख ५० हजार रहेकाे छ । आन्तरिक स्रोत अन्तर्गत घर जग्गा रजिष्ट्रेसनबाट २८ कराेड र बाहृय श्रोततर्फ निशर्त अनुदानबाट नेपाल सरकार बाट ६६ करोड ३५ लाख १९ हजार ६ सय ९० र प्रदेश सरकारबाट प्राप्त १२ कराेड ८५ लाख २६ हजार र अन्य सरकारी निकायबाट २१ कराेड २० लाख १७ हजार ९ सय ९ रहेकाे छ। चन्द्रागिरिका मेयर घनश्याम गिरीले सारेका अवधारणा चन्द्रागिरि नगरपालिकाकाे दिगाे विकासमा टेवा पुर्याउन नगर भित्र रहेका सवै वडाहरूमा एक रूप तवरले समान बिकासका माेडालिटकाे रूपमा अगाडि बढाउने भएकाे छ ।

दहचाेक ईन्द्रह, मक्ष्यनारायण,मातातिर्थ थानकाेट एकीकृत पर्यटन विकासलाई मुख्य प्राथमिकता दिई दिगाे पर्यटकीय क्षेत्रकाे अाधार तय गरिने लक्ष्य राखिएकाे छ । भाैतिक पुर्वाधार,एतिहासिक सम्पदा कला सस्कृति र यहाँका माैलिक बिषयकाे उठानका लागि दिर्घकालिन रणनीतिक कार्ययाेजना तय गरिने भएकाे छ । नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ । यसमा कोरोनाको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण गर्ने कार्यक्रम समेटिएका छन् । पालिकाले बिशेष महत्वका कार्यक्रम अन्तर्गत नगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, थानकोट त्रिभुवन पार्क निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, जस्ता कार्यक्रम समेत बजेटमा परेका छन् ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, कंलकी नागढुङ्गा सिसि टिभि, महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा-वडामा पालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लाकि सुत्रमा आधारित बजेट प्रणाली, डिजिटल कर प्रणाली प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले नगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ नगर प्रमुख घनश्याम गिरीले भने ।

नगर प्रमुख गिरीले सुशासन कायम गराउन,भष्ट्राचार राेक थाम गर्न नगरपालिका कडा एक्सनमा जाने बताए । उनले जनता संग मेयर कार्यक्रम लाई अगाडि सार्दै, विभिन्न याेजना र कार्यक्रमहरूलाई पुर्नाअवलाेकन गर्दै याेजना र कार्यक्रमहरूकाे र्यान्डम चेक जाँचका लागि छुटै संयन्त्रको विकास माेडालिटिमा जाने लक्ष्य लिएकाे उनको भनाई छ । कार्यक्रमकाे उद्घाटन नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । उद्घाटन सत्रमा बाेल्दै सभापति देउवाले चन्द्रागिरिकाे बिकासकाे माेडालिटि अरू नगरपालिका गाउँ पालिकाले ग्रहण गर्नु पर्ने बताएका थिए ।

फोटो : रोशन दानी

तपाइँको प्रतिक्रिया ।