मेरो रहर : श्रेयसी दाहाल (कविता)
कपन अनलाइन
काठमाडौं ,असार ६।
नाम मेरो श्रेयसी हो
दाहाल हो थर
एक कक्षामा पढ्छु म त
मोरङ पर्यो घर ।
जङफुड खान्न म त
घरकै खाना खान्छु
फुर्सद हुँदा बाबासँग
सहर घुम्न जान्छु ।
चित्र कोर्न नाच्न गाउन
मलाई मन लाग्छ
कथा पढ्दा गीत सुन्दा
मलाई मजा लाग्छ ।
(इनोभेटिभ इङ्लिस स्कुल, शङ्खमूल, काठमाडौँ )
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।