सुन्दरटोल जागृत समुह गोकर्णेश्वर ५ द्वारा खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,असार ६। कोरोना अर्थात कोभिड १९ को महामारीमा अहिले विश्व आक्रान्त छ । नेपालामा पनि संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । देशमा लकडाउन केहि खुकुलो भएपनि आम नागरिकको दैनिक जीवन सामान्य बन्न सकिरहेको छैन । त्यस्तो अवस्थामा सामाजिक उत्तरदायित्व अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको सुन्दर टोल जागृत समुहले नेपाली कांग्रेसका युवा नेता लाल बहादुर लामाको पहलमा लकडाउन बाट प्रभावित १०० परिवारलाई असार ५ गते शुक्रबार खाध्यान्न सहयोग गरिएको छ ।
खाद्यान्न सामाग्रीमा १० केजी चामल, १ केजी दाल, १ लिटर तेल, लगायत नुन र मसला रहेको समुहको सदस्य संजय परियारले कपन अनलाइनलाई जानकारी गराए ।कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, नगर प्रबक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष मनोज कुमार ढुंगाना, काठमाडौं महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष दिपेन्द्र लामा , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९, ६, र ५ का वडा अध्यक्षहरु क्रमस राजीव थापा, रमेश अर्याल र नारायण सुबेदी युवा नेता एवम् समाजसेवीहरु लाल बहादुर लामा, किरण केसी, कमला नेपाली, हिरामान शाही, शम्भुअधिकारी, बिश्वदिप लामिछाने का साथै नगरपालिकाको स्वयम् सेवक परिचालन समितिको संयोजक दिपक लामाको पनि उपस्थिति रहेको थियो ।