गोकर्णेश्वर नगरपालिका वडा नं ४ द्वारा तरकारीको बेर्ना वितरण

गोकर्णेश्वर नगरपालिका वडा नं ४ द्वारा तरकारीको बेर्ना वितरण

कपन अनलाइन

काठमाडौं असार ६। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले कृषकहरुलाई बिभिन्न तरकारीहरुको बेर्ना वितरण गरेको छ शुक्रबार वडा कार्यलयबाट बिभिन्न प्रजातिका तरकारीका बेर्ना करिब ७ सय जनालाई वितरण गरिएको हो ।

बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला वडावासीलाई समयानुसारका तरकारी घरमै करेसाबारी निर्माण गरी लगाउने बानीको विकास गराउन पनि निशुल्क तरकारीको बेर्ना वितरण गरिएको वडा सदस्य एबम कार्यक्रम संयोजक जयराम महतले बताए। व्यावसायिकरुपमा तरकारीखेती गर्नै नसके पनि थोरै परिश्रमले आफ्नो घर परिवारलाई आवश्यक पर्ने तरकारी घरकै करेसाबारीमा उत्पादन गर्न सकेको खण्डमा आर्थिक बचत तथा ताजा र प्राङ्गारिक तरकारी खानाले स्वास्थ्यमा समेत फाइदा पुग्ने हुँदा कृषकहरुलाई लक्षित गरि सो कार्यक्रम राखिएको उनले बताए।

यस अघि पनि वडाले कृषकहरुलाई तरकारीको बिउ बिजन वितरण गरेको वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। कुनै पनि व्यक्तिले आफ्नो करेसाबारीमा हरिया जातका तरकारी खेती गर्न प्रोत्साहन गर्ने उद्धेश्यले प्रतीकात्मक रुपमा तरकारीको बिउ  विजन तथा बेर्ना  वितरण गरिएको बताए। उनले कृषक उपभोक्ताहरुले आफ्नै घरमा तरकारी फलाएर निरोगी र स्वास्थ्य रहन समेत आग्रह गरेका थिए। । उनले कृषकहरुलाई परम्परागत कृषि बाट क्रमश आधुनिक तथा व्यवसायिक कृषि तर्फा उन्मुख गराउनु पर्ने भन्दै त्यसको लागि वडाले बिभिन्न कार्यक्रम ल्याउने बताए। उनले एक घर एक करेसाबारी  अभियान थाल्ने योजना पनि रहेको जसले गर्दा कृषक स्वयमले  ताजा तथा अर्गानिक तरकारी  उत्पादन गरि  उपभोग गर्ने सक्ने बताए ।उनले सबैको जमिन नहुन सक्छ भन्दै त्यसको लागि उनले कौसी खेति लगायतलाइ प्रोत्साहन गर्नुपर्ने भन्दै सो कार्यमा वडाले  बिभिन्न कार्यक्रम आयोजना गर्ने योजना समेत रहेको बताए ।

 उनले कुनै पनि कृषकहरुको बिउ बिजन अभावको कारण जमिन  बाझो नहोस भनेर  थोरै भए पनि बिउ बिजन वितरण गरिएको बताए । यस अघि पनि वडाले  कृषकहरुलाई करेला, काक्रा, भिन्डी, धनिया फर्सी,रायो बोडि सिमि लगायतको  बिउ बिजन  वितरण गरेको थियो  भने शुक्रबार प्रति ब्यक्ति कुरिलो, जिम्मु,तितेकरला, भन्टा, , भेडे खुर्सानी ,खुर्सानी, गोलभेडा  लगायतको बेर्ना करिब ७ सय जनालाई  वितरण गरेको वडा कार्यलयले जनाएको छ  ।

कार्यक्रममा विउविजन लिन आउने कृषकहरु खुशी देखिन्थे । वडाबाट यसरी बेलाबेलामा विउविजन वितरण गर्दा कृषकहरुले पनि आफनै घरमा तरकारी लगाएर खानुपर्छ भन्ने सोच आउने बताउँदै वडालाई धन्यवाद व्यक्त गरेका थिए । तरकारी बेर्नाको उचित  तरिकाले उपयोग गर्न पर्नेमा जोड दिदै  वडा सचिब नवराज सेनले वडा नं ४ ले कृषकहरुको लागि बिभिन्न कार्यक्रम गर्दै आएको बताए। बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला वडावासीलाई समयानुसारका तरकारी घरकै  करेसाबारी निर्माण गरी लगाउने बानीको विकास  गर्न पनि वडाले  त्यस्ता कार्यक्रम समेट्दै आएको बताए।कार्यक्रममा वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा सदस्य एबम कार्यक्रम संयोजक जयराम महत, वडा सदस्य उमा थापा, बिष्णु सुनाम ,बालकृष्ण श्रेष्ठ, वडा सचिब नवराज सेन लगायत बिभिन्न महिला समूहका पदाधिकारी  सहित स्थनीयको उपस्थिति रहेको थियो ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।