जोरपाटी-सुन्दरीजल सडकखण्ड निर्माणले मेरो कार्यकाल सफलता/असफलता निर्धारण गर्छ :नगर प्रमुख सन्तोष चालिसे

जोरपाटी-सुन्दरीजल सडकखण्ड निर्माणले मेरो कार्यकाल सफलता/असफलता निर्धारण गर्छ :नगर प्रमुख सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौं ,असार २। लामो समयदेखि  जोरपाटी -सुन्दरीजल सडक जीर्ण हुँदा स्थानीयको जीवन कष्टकर बनेको छ ।हजारौ पैदल यात्री र सवारी साधनहरु दैनिक आवतजावत गर्ने गरेको उक्त सडक जिर्ण हुदा सो सडक तत्काल निर्माण गर्नको लागि  सडक सरोकार वाला स्थानीयले सोमबार गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेलाइ ज्ञापन पत्र बुझाएका छन्। करिब सय जनाको संख्यामा पुगेका स्थानीयले नगर प्रमुखलाइ सो बाटो बनाउनको लागि ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख चालिसेले आफु नगर प्रमुख भएर पनि बाटो बनाउन सकिएन भने आफ्नो कार्यकाल पुरा असफल हुने हुँदा आफुले सास पनि नफेरी बाटो बनाउनको लागि पहल गरिरहेको बताएका थिए । उनले सबैको साथ र सहयोग लिएर भदौ मसान्त सम्म काम सक्ने गरि कार्य अगाढी बढिरहेको पनि जानकारी गराए  । उनले नगरपालिकामा विकासका थुप्रै काम भए पनि मुख्य सडकले गर्दा  अन्य बिकासका काम ओझेलमा परेको पनि बताए ।

नगर प्रमुख चालिसेले जोरपाटी सुन्दरीजलको मुख्य सडक बनाउनको लागि नगरपालिकाले जतिको पहल अरुले नगरेको बताए । आफु नगरपालिका प्रमुख भएर आउनु दुइ वर्ष अघि नै सो सडकको टेन्डर लागेको बताउदै आफु नगर प्रमुख हुनु भन्दा एक वर्ष अगाडी सो सडकको लागि आवाज उठाउदै गर्दा पानीको फोहोरा हान्दा गौशालामा लगेर थुन्दा पनि आफुले साथ दिएको स्मरण गर्दै त्यति बेला नै आफुले के निर्क्योल निकाले भने जब सरकारले कसैको पनि घरको र जग्गाको  मुवाब्जा नदिनु भन्ने घोषणा गरिसके पछि अब धेरैको घर भत्काएर जान सक्ने अवस्था नभएको बताए।

उनले अहिले एक फिट जग्गामा समेत कस्तो कस्तो झगडा परिराखेको बताउदै त्यसरी घर भत्काएर जान नसक्ने अवस्था देखिसके पछि उनले नगरमा बिशेष परिषद बोलाएको स्मरण गर्दै त्यतिबेला यसै गरि दाजु भाइ आएर हामीलाई बाटो बनाउनु पर्यो जत्रो बनाएपनि बाटो बनाउनु पर्यो भनेर दावाब दिए पछि बिशेष परिषद बोलाएर सो परिषदले सर्व सम्मतिलेबाटो बनाउने यो झगडा र लफडा गर्ने भन्दा १४ मिटर बनाउने भन्या जस्तो बनाउने भनेर पास गरेको जानकारी गराए।पास गरेपछि पनि त्यसको बिरुद्द २२ मिटर नै चाहिन्छ भनेर  केहि साथीहरु लागेको  जुन काम हुन नसक्ने थियो ,  त्यसो गर्दा बिना मुवाब्जा बिना  कुनै ब्यक्तिको पुरै घरनै गएर घरबार बिहिन हुने अवस्था समेत आउन सक्ने देखिएपछि  सबैलाई हुने काम चाहि १४ मिटरनै गरौ भनेर पास गरेको स्पस्ट पारेका थिए। उनले त्यसो हुदै गर्दा त्यो काममा डेढ वर्ष गएको बताए।

डेढ वर्ष पछि अहिले भर्खर ६ महिना अगाडी मात्र नया मन्त्रि आएपछि धाउदा धाउदा मन्त्री सहमत भएको र स्थानीय सरकार गोकर्णेश्वर नगरपालिकाले भन्या १४ मिटर सक्या ठाउमा त्यो भन्दा ठुलो गर्ने नसकेको ठाउमा कम्तिमा १४ मिटर बनाउनको लागि सहमति भएपछि यहाका तीन जना सांसद सहित आफु र मन्त्रि देखि सबैले सही गरेर १४ मिटर बनाउने सहमति भएको  जानकारी गराउदै सहमति भए पछि पनि ठेकदार नमानेको बताउदै त्यसपछि फेरी ठेगदारलाइ लिएर उसलाई पनि सही गराएर बनाउने बातावरण मिलाउदा पनि समय लागेको बताए उनले त्यसपछि पनि थुप्रै  समस्या भोगेको बताउदै  पहिला रुख काट्नु पर्ने साइट क्लियर गर्दिनु पर्ने, अब हामीले बाटो  क्लिएर नगर्दी ठेगदारले पर्खाल नलगाउने, ढल नहाल्ने भए पछि आहिले सुन्दरीजल देखि काम सुरु गरेको ,केहि समय लागेता पनि  द्रुत गतिमा काम भएको बताए। उनले अहिले लगभग लगभग ८० प्रतिशत काम दुवै तिर पर्खाल लाउने ढल हाल्ने रुख काट्ने र चिन्ह लगाउने काम सुन्दरीजल देखि हनुमान चोक सम्म जोडिसकेको बताए उनले रुख काट्न पनि बन ऐन को कारण तीन महिना त्यसको लागि लागेको पनि बताए।

  उनले हिजो बाट बिजुलीको तार पोल सर्ने काम शुरु भएको जानकारी गराए। २ करोड ५० लाखको टेन्डर भएको जानकारी गराउदै    टेन्डर प्रक्रियामा जाँदा  ३५ दिन कुर्नु परेको  टेन्डरमा गए पछि अर्को १५ दिन समय दिएर  अस्ति बाट फेरी छलफल गरि सहमति भए पछि फेरी ठाउ क्लियर गर्ने काम शुरु भएको पनि जानकारी गराए ।उनले पर्खाल पनि बनाउने पर्यो ढल पनि हाल्नै पर्यो रुख पनि काट्नै पर्यो बिजुलीको पोल तार सर्ने पर्यो ,अनि फेरी हरेक व्यक्तिले पर्खाल भत्काउने ठाउमा पनि स्थानीयको  लफडा, कोहि  मेरो पहिले नै परेको छ मेरो  भन्दा उता पट्टिको भत्काउ भन्नेर उत्त पट्टिको ले लिनें भए दुवै तर्फ बरावरी भत्काउ भन्ने  जस्ता विवाद समाधान गर्न पनि समय लागिरहेको बताए। उनले  सो विवाद मिलाउन आफु पुग्ने गरेको बताए।

धेरै विवाद समाधान गर्दै जाँदा अहिले सुन्दरीजल देखि गोकर्ण सम्मको विवाद समाधान हुदै गएको बताए ।उनले अहिले लक डाउनको विषम अवस्थामामा पनि  सामाजिक दुरी कायम गरि  द्रुत गतिमा काम भएको जानकारी गराउदै भदौको अन्तिम सम्ममा कालोपत्रे गरिसक्ने योजना सहित नगरपालिका लागि परेको बताए।उनले भगवतीस्थान देखि जोरपाटी सम्मको बाटोको लागि संघिय संसद कृष्ण राइ सहित वडा अध्यक्षहरु सम्मिलित  सहित सर्वदलीय बैठक  आज  हुने उक्त बैठकले ठोस निर्णय गर्ने पनि बताए।

तपाइँको प्रतिक्रिया ।