जोरपाटी -सुन्दरीजल सडक खण्ड निर्माण गर्नका लागि स्थानीयको ज्ञापनपत्र

जोरपाटी -सुन्दरीजल सडक खण्ड निर्माण गर्नका लागि स्थानीयको ज्ञापनपत्र

कपन अनलाइन

काठमाडौं असर २। लामो समयदेखि  जोरपाटी -सुन्दरीजल सडक जीर्ण हुँदा स्थानीयको जीवन कष्टकर बनेको छ  ।हजारौ पैदल यात्री र सवारी साधनहरु दैनिक आवतजावत गर्ने गरेको उक्त सडक जिर्ण हुदा सो सडक तत्काल निर्माण गर्नको लागि  सडक सरोकार वाला स्थानीयले सोमबार गोकर्णेश्वर नगरपालिका  प्रमुख सन्तोष चालिसेलाइ ज्ञापन पत्र बुझाएका छन्। करिब सय जनाको संख्यामा पुगेका स्थानीयले नगर प्रमुखलाइ सो बाटो बनाउनको लागि ज्ञापन पत्र बुझाएका हुन् ।

उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ती नेपाल, नगर प्रवक्ता  एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,लगायत सडक पिडित जनताको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो ।उक्त ज्ञापन पत्रमा भनिएको छ ,सो सडक स्तरोन्नति गर्ने सवालमा बिगत ५/७ वर्ष देखि कुरा हुदै  आएको  र  बाटोमा  खाल्डो पुर्ने काम समेत हुदै आएको जनाइएको छ।

सो ज्ञापन पत्रमा भनिएको छ,  जब जब बर्षात् शुरु हुन्छ तब तब मात्र खाल्डोमा पहेलो  हिलो माटोले पुर्ने अनि पानी परेपछि सबै पहेलो  माटो बगाई सडकमा जम्मा भइ हिलो हुँदा मानिसहरु लगायत सवारी साधनहरु कयौ पल्ट दूर्घटनामा पर्दै आएका छन । हाल आएर उक्त बाटोमा हिड्न समेत नसक्ने अवस्था भएकोले बाटोमा यथा सक्य छिटो सडक बनाउन ठेक्का पाएर ठेग्दार स्थानीय वडा प्रतिनिधि र नगर प्रमुख लगायत स्थानीय जनताको उपस्थितिमा सो सडक छिटो भन्दा छिटो निर्माण, मर्मत गर्नको लागि पहल गर्न  अनुरोध गरिएको छ  ।साथै छिटो भन्दा छिटो बाटो मर्मत निर्माण नभएमा जनताले बाटो बन्द गर्ने  बाध्य हुने पनि जानकारी गराइएको छ ।

 

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख सन्तोष चालिसेले सडकको काम द्रुत गतिमा भईरहेको जानकारी गराएका थिए। उनले सुन्दरीजल देखि गोकर्ण हनुमान स्थान सम्म सडकको धेरै काम सकिएको र भगवती स्थान देखि जोरपाटी सम्म चिन्ह लगाउने काम चाडै गर्न लागिएको बताए । उनले सडकको लागि नगरले धेरै पटक धाउदा पहल गर्दा गर्दा आजको स्थिति सम्म आइपुगेको बताए ।उनले अहिले पर्खाल लगाउने ढल हाल्ने रुख काट्ने र बिजुलीको पोल र तार सार्ने काम सुन्दरजल देखि गोकर्ण सम्म सकिएको जानकारी गराउदै  उनले आफु नगर प्रमुख भएर पनि बाटो बनाउन सकिएन भने आफ्नो कार्यकाल पुरा असफल हुने हुँदा आफुले सास पनि नफेरी बाटो बनाउनको लागि पहल गरिरहेको बताए। उनले सबैको साथ र सहयोग लिएर भदौ मसान्त सम्म काम सक्ने गरि कार्य अगाढी बढिरहेको बताए ।

तपाइँको प्रतिक्रिया ।