बुढानिलकण्ठका स्वास्थ्यकर्मीहरुलाई तिन दिने अभिमुखिकरण कार्यक्रम

बुढानिलकण्ठका स्वास्थ्यकर्मीहरुलाई  तिन दिने अभिमुखिकरण कार्यक्रम

 कपन अनलाइन 

काठमाडौं ,असार २।

बुढानीलकण्ठ नगरपालिका अन्तर्गत जनस्वास्थ्य शाखाको आयोजनामा नगरका स्वास्थ्यकर्मीहरुको लागि ३ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ।

बुढानीलकण्ठ चपली घुम्तिस्थित पशुसेवा शाखाको हलमा शुरु भएको  ‘औषधिहरुको समुचित प्रयोग प्रवर्द्धनका लागि साथी समूह आधारभूत स्वास्थ्य सेवा तथा स्तरीय उपचार पद्धति अभिमुखिकरण तथा समिक्षा कार्यक्रममा’  नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रमका वरिष्ठ फर्मासिष्ट बाबुराम हुँमागाईले प्रशिक्षण दिईरहेका छन्।

बुढानीलकण्ठ नगरपालिका क्षेत्रमा रहेका ६ वटा स्वास्थ्य चौकीका प्रमुख र स्वास्थ्यकर्मीहरु, २ वटा शहरी स्वास्थ्य केन्द्र, २ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई उपस्थित गराएर प्रदान गरिने अभिमुखिकरण कार्यक्रममा गुणस्तरीय औषधिको कसरी उपयोग , औषधिको साईडइफेक्ट  कम गराउने र गुणस्तरीय औषधि  सेवन गर्दा हुने प्रभावकारिता र  जस्ता  विषयमा  प्रशिक्षण प्रदान गरिएको छ।

बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्रबाट बिरामीको लागि प्रदान गरिएका स्वास्थ्य सेवाहरुको विश्वसनीयता, उपचार पद्धतिका बारेमा पनि समिक्षा गरिने बताउदै बुढानिलकण्ठ  नगर जनस्वास्थ्य शाखा प्रमुख कुमार दाहालले  नगरमा भएका स्वास्थ्य संस्थाप्रतिको आकर्षण र बिश्वासलाई वृद्धि गराउन पनि स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्न अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताएका छन्।असार १ गते देखि शुरु भएको कार्यक्रम असार  ३ गतेसम्म चल्नेछ।

तपाइँको प्रतिक्रिया ।