गोकर्णेश्वरमा बिउ बिजन अभाव कै कारण कृषकले खेतबारी बाँझै राख्नु नपरोस भन्नेमा कृषि शाखा सचेत छ : इन्दु खड्का (कृषि शाखा प्रमुख)

गोकर्णेश्वरमा  बिउ बिजन अभाव कै कारण कृषकले खेतबारी बाँझै राख्नु नपरोस भन्नेमा कृषि शाखा सचेत छ : इन्दु खड्का (कृषि शाखा प्रमुख)

कपन अनलाइन

काठमाडौं असार  २।  गोकर्णेश्वर नगरपालिका कृषि शाखाले लकडाउनको समयमा पनि  कृषकहरूलाई बिभिन्न बिउ बिजन वितरण गरेको छ ।गोकर्णेश्वर नगरपालिका कृषि शाखा प्रमुख इन्दु खड्काका अनुसार  गोकर्णेश्वर नगरपालिकाका बिभिन्न वडामा कृषकहरुलाई  सबै वडामा बिशेष गरि १,२,३, र ४मा  धानको बिउ  ५० प्रतिशत अनुदानमा ३५ सय केजी वितरण गरिएको जानकारी गराइन। त्यस्तै मौसमी बर्षे तरकारीको बिउ नगरभरिका वडामा गरि ४ हजार सेट निशुल्क  वितरण गरिएको र बिषादी २सय सेट वितरण गरिएको जानकारी गराउदै  बिउ बिजन अभाव भएकै कारणले कृषकले खेतबारी बाँझै राख्नु नपरोस् भनी बिउ वितरण गरिएको उनले बताइन।

लकडाउनका कारण देशको अर्थतन्त्रमै असर परिरहेका बेला कृषिमा समेत अवरोध आउँदा खाद्य संकट निम्तिन सक्नेतर्फ सचेत हुँदै नगरपालिकाले बिउ वितरण सुरू गरेको  प्रष्ट पर्दै उनले  धान खेतीको समय सुरू भएसँगै नगर क्षेत्रका किसानहरूलाई उन्नत धानको बिउ वितरण  गर्नु को साथै तरकारीका बिउ समेत निशुल्क वितरण गरेको बताइन।  उनले हरेक वर्ष नेपाल  ठूलो परिमाणमा तरकारी र धान आयात गरिरहनु परेको समयमा कृषि क्षेत्रलाई अझ चलायमान बनाउन आवश्यक रहेकोमा जोड दिदै उनले नगरपालिकाले बिभिन्न चरणमा कौशी खेति गर्न प्रोत्साहन गर्ने हेतु तालिम संचालन गरेको जानकारी गराउदै  कौशी खेति गर्नको लागि पनि कृषकहरुलाई तरकारीको बिउ बिजन वितरण गरेको बताइन  ।

उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा समेत नगरपालिकाले सहयोग गर्नुपर्नेमा उनले जोड दिदै  अधिकांश किसानले परम्परागत तरिकाले धान खेती गरिरहेको अवस्थामा गोकर्णेश्वर  नगरपालिकाले अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेपछि धानको उत्पादन बढ्ने उनको बिश्वास रहेको पनि बताइन  ।उनका अनुसार खेतीमा आश्रित हुने कृषकलाई मूल बिउ वितरण गरिएको हो । नगरपालिकाले कृषिमा आत्मनिर्भर बनाउन तरकारी, फलफूल, कृषि औजारहरू समेत वितरण गर्ने योजना नगरको रहेको छ । उनले कृषि संग समबन्धित कुनै पनि समस्या भए नगरपालिकाको कृषि शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेकी छिन ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।