चम्पादेवीका ३४ सहित ओखलढुंगाका ५४ जनाको PCR नेगेटिभ
कपन अनलाइन
ओखलढुंगा ,असार २
भारतबाट ओखलढुगा भित्रिएका थप ५४ जनाको PCR रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको बिभिन्न स्थानिय तहमा रहेका क्वारेन्टीनमा बस्दै आएका उनीहरुको पीसीआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको हो ।
प्रदेश स्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परिक्षणमा मंगलबार उनीहरुको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । यसअघि गत सनिबार भारत लागायत अन्य तेस्रो मुलुकबाट आएका चम्पादेबी गाउँपालिकाका ३४ ,सुनकोशी गाउँपालिकाका १२ र मोलुङ गाउँपालिकाका ८ जनाको गरी कुल ५४ जनाको स्वाब संकलन गरी परिक्षणमा पठाईएको थियो ।ओखलढुंगा जिल्लामा हाल सम्म कोरोना संक्रमण भेटिएको छैन।
तपाइँको प्रतिक्रिया ।