मोटरसाइकललाई पनि जोर विजोर प्रणाली लागु

मोटरसाइकललाई पनि जोर विजोर प्रणाली लागु

कपन अनलाइन

काठमाडौं ,असार १।

लकडाउन केही खुकुलो बनाउने क्रममा सरकारले जोर–बिजोर नम्बरका आधारमा सवारीसाधन सञ्चालन गर्न दिने भएको छ । जोर बिजोरका आधारमा निजी सवारी साधन समेत सञ्चालन गर्न दिएको सरकारले आज सोमबार देखि देखि मोटरसाइकल हकमा पनि यो नियम लागू गर्ने भएको हो ।

यसअघि चारपांग्रे गाडीलाई मात्रै जोर बिजोर लागू गर्ने निर्णयले मोटरसाइकल सञ्चालन गर्ने कि नगर्ने भन्नेमा अन्योलता थियो । तर जोर–बिजोर लागू गर्नुपर्नेसहितको स्पष्ट निर्देशन गरिएपछि आजदेखि यो नियम लागू गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ ।

ट्राफिक प्रहरीका अनुसार जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मोटरसाइकल सहितका निजी सवारीसाधन सञ्चालन हुन पाउने भएका हुन । यो नियमका आधारमा आज १ गते (बिजोर गते) बिजोर नम्बरका मात्र निजी सवारीसाधन चलाउन पाइने भएको छ ।

तपाइँको प्रतिक्रिया ।