गोकर्णेश्वर नगरपालिकाले गरेको कामलाई जनताले मूल्यांकन गर्नेछन :उप प्रमुख शान्ती नेपाल
कपन अनलाइन
काठमाडौँ,जेठ ३१ ।गोकर्णेश्वर नगरपालिकाले शुक्रबार आगामी आ.ब. ०७७/०७८ को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न राय, सल्लाह तथा सुझाब संकलन हेतु बिज्ञ संग छलफल सम्पन्न भएको छ।गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित पिस ब्यांकेटमा सामाजिक दुरी कायम गरि गरिएको सो कार्यक्रममा नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले स्वागत मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाले गर्दै आएको कामलाई जनताले मूल्यांकन गर्ने बताइन ।
उनले राम्रो कुरालाई जहिले पनि राम्रो रचनात्मक र सकारात्मक रुपमा सोच्नु पर्ने बताउदै नराम्रो कुरालाई यो भएन भनेर सुझाब दिनुपर्ने, ताकी जनप्रतिनिधिहरुले त्यसलाई आगामी दिनमा सुधार गर्न सकोस, उनले भनिन , पछाडी कुरा काट्नु भन्दा अगाडी आएर नगरपालिकाले गरेको गरेको काम चित्त नबुझेमामा सकारात्मक सुझाब दिनु पर्ने बताउदै त्यसमा नगरबासीले सहयोग गर्ने बिश्वास ब्यक्त गरिन।
उनले गोकर्णेश्वर नगरपालिकामा थुप्रै कामहरु गरेको बताउदै नगरपालिकाले सबै वडामा वडा बासीको सल्लाहमा नै बजेट निर्माण गर्दै आएको र सबै वडामा धेरै भन्दै धेरै काम पनि भईरहेको बताइन। उनले अहिले पनि सबै जन मानसमा मुख्य सडक जोरपाटी सुन्दरीजल सडकले गाजेको बताउदै बिस्तारै सो सडकको काम पनि नगरपालिकाले अघि बढाउदै लागेको बताइन।
उनले यो अन्तरालमा धेरै कोशिस, सल्लाह, सुझाब ,धेरै संघर्ष ,पहल र सबै तिरको सहयोग पछि नगर सभा बाट पास गरेको मापदण्डलाइ आधार मानेर सडकको काम अघि बढेको र आधा काम समेत भएको बताइन। उनले सुन्दरीजल देखि गोकर्ण सम्म ढल हाल्ने र विस्तार गर्ने काम सम्पन्न हुन लागिसकेको पनि जानकारी गराइन उनले जोरपाटी देखि भगवती थान सम्मको बाटो पनि छिट्टैनै समाधान गर्ने गरि अगाडी बढाउन लागेको जानकारी गराइन । उनले नगरपालिका मार्फत महिला लक्षित पनि थुप्रै कार्यक्रम भएको बताइन। त्यसै गरि उनले पूर्वाधार र विकास निर्माणका काममा सबैको सुझाब र सल्लाह बाट कामलाइ अगाडी बढाउने बताएकी थिइन् ।उनले आगामी दिनमा पनि नगरबासीको सहयोग साथ प्राप्त हुनेछ भन्ने बिश्वास ब्यक्त गरेकी थिइन्।
उनले विश्व ब्यापी महामारी कोरोना भाइरसको कारण ग्रस्त भएको अवस्थामा सो लाइ मध्यनजर गर्दै आगमी बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता रहेको हुँदा स्वास्थ्य शिक्षा र कृषिलाइ प्राथमिकताका साथ् अगाडी बढाउनु पर्ने बताइन।
फोटो :सरोज बस्नेत