हृदयघातबाट ढलेका शंखरापुरका मुटु रोगिलाइ आर्थिक सहयोग गर्न लायन रमेश लामाको अनुरोध

हृदयघातबाट ढलेका शंखरापुरका मुटु रोगिलाइ आर्थिक सहयोग गर्न लायन रमेश लामाको अनुरोध

कपन अनलाइन

काठमाडौं जेठ ३१ ।शंखरापुर नगरपालिका –३ का ५० बर्षिय  शिब नगरकोटीको  उपचार खर्च जुटाउन लायन्स क्लबका लायन रमेश लामाले सहयोगको अपिल गरेका छन् । आर्थिक अभावका कारण मुटुको भल्भ फेर्न नसकेपछि  लायन रमेश लामाले सहयोगी दाताहरुलाई सकेको आर्थिक  सहयोगको अपिल गरेका हुन् ।

राजधानीस्थित शहिद गंगालाल राष्ट्रिय केन्द्रमा मुटुको भल्भ फेर्ने उपचारर्थ चार  लाख चाहिने भएकाले सो खर्च उनको परिवार   भौतारिरहेका छन् ।आर्थिक अवस्था कमजोर भएका उनलाई  शुक्रबार एक्कासी हृदयघात भएर अस्पताल भर्ना भएका उनको मुटुको भल्ब फेर्न पर्ने  भएको हो।  कमाउने मान्छेको यस्तो अवस्थाले परिवारमा निराशा छाएको छ । लकडाउनका कारण काम समेत गर्न नपाएका उनको आर्थिक अवस्था दयानीय रहेको छ ।

सामान्य मजदुरी पेशा बाट परिवार जसो तसो धान्दै आएका उनको परिवारलाइ त्यत्रो रकम जुटाउन निकै कठिनाइ भएको खबर सुन्न साथ् लायन रमेश लामाले सहयोगी दाताहरुलाई सकेको सहयोग गर्न अनुरोध गरेका हुन। पिडित व्यक्तिलाई सहयोग गर्न इच्छुकहरुले शिब नगरकोटीका श्रीमती भगवती नगरकोटी लाइ ९८१८२९४५६० मा सम्पर्क गर्न सकिने लायन रमेश लामाले बताए  ।

 

तपाइँको प्रतिक्रिया ।