एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ३१।
देशभक्त जनगणतान्तृक मोर्चा, नेपाल केन्द्रिय समितिको आयोजनामा एमसीसी (MCC) सम्झौता खारेजीको माग गर्दै माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ।
मोर्चाका केन्द्रिय अध्यक्ष सिपी गजुरेलले एमसीसी (MCC) कुनै पनि हालतमा नेपालमा लागू हुन नदिने र यदि लागू गर्ने षड्यन्त्र गरिए त्यसका विरुद्द र राष्ट्रिय स्वाधीनताको रक्षाका निमिक्त आफुहरु जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको धारणा व्यक्त गरेका थिए।
त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, क्रान्तिकारी युवा संगठनका अध्यक्ष अमिर महर्जन, क्रान्तिकारी ट्रेड युनियन महासङका महासचिव वसन्त बोगटी, क्रान्तिकारी महिला संघकी महासचिव शारदा महत र आदिवासी जनजाति महासङका अध्यक्ष डा. ओम गुरुङले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्यहरु दिनेश शर्मा सागर, पवनमान श्रेष्ठ र सुरेश श्रेष्ठको उपस्थिती थियो भने केन्द्रिय सदस्यहरु प्रा. डा. जगदीशचन्द्र भण्डारी, ईश्वर तिमल्सिना, दिपक बहादुर शाही, गगन खडगी, कुमार बोगटी, गोविन्द पौडेल र फुर्नाम्गेल मोक्तानको उपस्थिती रहेको थियो।
त्यस्तै देशभक्त जनगणतान्तृक मोर्चाका केन्द्रिय सदस्यहरु विष्णु खड्का, खगेन्द्र छन्त्याल, शिव श्रेष्ठ, इन्दिरा अधिकारी, गोर्की श्रेष्ठ, सोनाम याङ्की लगायतको उपस्थिति रहेको कार्यक्रममा युवा, विध्यार्थी उपस्थिती रहेको कार्यक्रमको सन्चालन मोर्चाका नेता पवनमान श्रेष्ठले गरेका थिए।