शैक्षिक उन्नयनमा अरुणोदय माबीको भूमिका महत्वपूर्ण रहेको छ :नगर प्रमुख सन्तोष चालिसे
कपन अनलाइन
काठमाडौं, जेठ ३०। गोकर्णेश्वर नगरपालिका वडा नं ९ स्थित अरुणोदय माध्यमिक बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्ण बिहिबार शिलान्यास सम्पन्न भएको छ ।विश्व कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको बेला सोहि महामारिलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गर्दै बिध्यालयको ७० औं वार्षिकोत्सवको अवसरमा पानी खोल्सा स्थित नवनिर्मित भवन परिसर पर्खाल निमार्ण कार्यको बिहिबार शिलान्यास सम्पन्न भएको हो नगर प्रमुख सन्तोष चालिसेले शिलान्यास गरेको कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले लामो इतिहास बोकेको अरुणोदय माबीले शैक्षिक उन्नयनमा ठुलो भूमिका खेलेको बताए ।
उनले बिद्यालयमा बिद्यार्थीहरुको बढ्दो चाप र बिध्यालयले प्राबिधिक शिक्षा पनि सुरु गर्ने भनिए पछि बिध्यालयलाइ स्थानान्तरण गर्नु पर्ने आवश्यकतामा मध्यनजर गर्दै जग्गा प्राप्तिको लागि समाज सेवी भीमसेन थापा लगायतले धेरै सहयोग गरेको बताउदै सहयोगी सबैलाई धन्यबाद दिएका थिए ।
उनले टिम सबै मिलेको भएर नै बिद्यालय आजको दिन सम्म आइपुगेको बताउदै आफुले पनि सोहि बिध्यालयमा धेरै समय काम गर्ने मौका पनि पाएको स्मरण गरेका थिए ।उनले अहिले जिल्ला आयोजना कार्यान्वयन इकाई बाट पनि सहयोग प्राप्त भएको बताउदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए नगर प्रमुख चालिसेले शिक्षालाइ प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताए। उनले शिक्षा संग संगै नगरले स्वास्थ्य कृषिलाइ पनि प्राथमिकतामा राखेको र बजेट पनि राख्ने तयारी गरेको जानकारी गराए ।उनले गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम समेत तयारी गरे लागु गरेको जानकारी गराउदै अन्य नगरपालिका बाट पनि नगरले लागु गरेको स्थानीयपाठ्यक्रमको बारेमा जानकारी लिने अनुसरण गर्ने काम गरिरहेको बताए ।
उनले नगरले कोरोना रोकथाम को साथै पूर्वाधार बिकासको काम पनि अगाडी बढाएको जानकारी गराउदै गुणस्तर मा बिशेष ध्यान दिनुपर्ने पनि बताए। उनले धरै मेहनत का साथ् बजेट खोजि खोजि हालेको हुँदा त्यस्ता निर्माणको गुणस्तरमा कोहि संग पनि सम्झौता गर्न नहुने बताउदै स्थानीयले पनि निर्माणको काम सहयोगी भूमिका खेल्दै विकास निर्माणको काममा अनुगमन गर्नु पर्ने बताए। उनले एक चोटी गरेको निर्माण बर्षौ टिक्ने हुनुपर्ने जोड दिएका थिए।
फोटो :सरोज बस्नेत